सिलुवामा जारी प्रौढ भलिबल खेलमा गेझा प्रथम ।।

बिक्रम पंगेनी
प्रकाशित : २०७८ असोज ९ गते २२:०३

सिलुवामा जारी प्रौढ भलिबल खेलमा गेझा प्रथम ।।
पूर्वखोला , सिलुवा
पूर्बखोला १ सिलुवा पाल्पा मण्डलि स्पोर्ट्स क्लब पुर्बखोला पाल्पामा प्रौढ भलिबल सम्पन्न भएको छ।
समापन कार्यक्रमका प्रमुख अतिथी जापानी समाजसेवी काजुमासा काकामी (ओके बाजि) द्वारा निर्माणाधिन मण्डली स्पोर्ट्स क्लबको कार्यालयको उदघाटन समेत गर्नुभएको थियो। कार्यक्रमको प्रथम पुरस्कार सौजन्य गर्नुभएका कृषि तथा पशु उधमशिलता बिकास परियोजना समाज उत्थान सहयोग केन्द्र कार्यक्रका संयोजक तथा पुर्ब भलिबल खेलाडी कमान सिंह थापाले भलिबलको केही खेललाई उमेरले नरोक्ने उदाहरण यो प्रौढ भलिबल भएको बताउनु भयो।

भलिबलखेलको प्रथम स्थान गेझाले हासिल गरेको थियो भने द्धितिय स्थानमा आयोजक मण्डलि स्पोर्ट्स क्लब, तृतीय स्थानमा गाणाकोट र सान्त्वना स्थानमा देबिनगरले सफलता हासिल गरेको थियो । त्यस्तै गरि प्रथम,दितिय,तृतीय र सान्त्वना टिमलाइ क्रमश २० हजार , १० हजार , ५ हजार र २ हजार प्रधान गरिएको थियो । भवन उद्घाटन तथा पौढ भलिबल खेलको समापन क्लवका अध्यक्ष अन्नत राज श्रेष्ठ को अध्यक्षतामा उपाध्यक्ष नुन बहादुर खासुको स्वागत मन्तव्य तथा सचिब कृष्ण पंगेनीको सचालनमा भएको थियो ।


प्रकाशित : २०७८ असोज ९ गते २२:०३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology