सभापती बने पछि चर्चामा विष्णु आचार्य ।।

Kandara News
प्रकाशित : २०७८ असोज ११ गते १५:१२

सभापभि बने पछि चर्चामा विष्णु आचार्य ।।
असोज ११, पूर्वखोला
नेपालि कांगेसको १४ औं महाधिवेशन बाट पाल्पा जिल्लाको पालिकाहरुमा सभापती चयन भएको छ पूर्वखोला गाउँपालिकाको सभापती विष्णु आचार्य बन्नु भएको छ । विष्णु आचार्य पूर्वखोला गाउँपालिकाको सर्व सहमतिमा नेपाली कांगेसको सभापति बन्नु भएको हो । आचार्य शिक्षक पेश बाट निर्वृत्त भै राजनितिकमा संक्रिय रहेर काम गदै आईरहनु भएको छ । पूर्वखोलाको पालिका सभापति बने पछि उहाकों छवि अझ बडेको छ । पूर्वखोला ३ स्थाई घर रहेको आचार्यले अन्य सामाजिक संघ संथामा रहि सामाजिक सेवामा पनि संक्रिय रहनु भएको छ । सभापति बने पछि अहिले उहाँको चर्चा जिल्ला भरिनै चलेको छ ।
पाल्पा जिल्लाको स्थानिय संरचना अनुसार ८ गाउँपालिका र २ नगरपालिका रहेको छ । राजनैतिकमा महिला भन्दा पुरुष बढि हावि रहेको छ । राजनैतिक दल को शिर्ष पद हरुमा महिला कमैरहेको छ आरक्षण बाट केहि व्यवस्था रहेपनि महिलाको लागि राजनैतिक सक्रिय भुमिकामा देखिन संर्घस गर्नु नै पर्ने हुन्छ । गत महिना जिल्ला भरी बाट एक जना मात्र महिला वडा सभापतिमा चुनाव मार्फत सफता हासिल गर्नु भएको थियो । आचार्य सम्भवत पाल्पा जिल्लाको महिला पालिका सभापतिमा एक मात्र हुने निश्चित रहेको छ यसले गर्दा पनि उहाको चर्चा जिल्ला तथा बाहिर बढेको छ ।

असोज ९ गते तान्सेन नगरपालिका बाहेक अन्य पालिकाहरुको महाधिवेशन सम्पन्न भएको छ । जस्मा निस्दी गाउँपालिकाको सभापतिमा पूर्ण बहहादुर खाण , रामपूरमा नेत्र प्रसाद भट्टराई, रम्भामा ऋषि राम आचार्य, माथागडिमा दिपक थापा, बग्नासकालीका ठानेश्वर तिल्मिसिना, रिब्दीकोटमा राम चन्द्र पाण्डे, तिनाउँ गाउपालिकामा प्रेम पाण्डे , रैना देवी छहरामा विष्णु पोखरेल सभापतिमा निर्वाचित हुनु भएको छ । तानसेन नगरपालिका भने अधिवेशन भै सकेको छैन । तान्सेन नगरपालिकामा सभापतिमा मोहन श्रेष्ठ र सुवर्णमुनी शाक्यको चर्चा रहेको छ ।


प्रकाशित : २०७८ असोज ११ गते १५:१२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology