गजल लेखन एबं प्रशिक्षण कार्यक्रम सम्पन्न

रबिन शर्मा चापागाईं
प्रकाशित : २०७८ असोज १७ गते ९:२२

गजल लेखन एबं प्रशिक्षण कार्यक्रम सम्पन्न

२०७८ असोज १६
नवलपरासी

 

बर्दघाट साहित्य समाजको आयोजना तथा दाउन्नेदेवी बहुमुखी क्याम्पसको सहयोगमा गजल लेखन एवम् प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बर्दघाट साहित्य समाजका अध्यक्ष दिनानाथ पौडेलको अध्यक्षता एवम् वरिष्ठ साहित्यकार डा.घनश्याम न्यौपाने परिश्रमीको प्रमुख आतिथ्यतामा कार्यक्रम संचालन गरिएको थियो ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी डा. न्यैपानेले भाषा र सस्कृतीको संरक्षण गर्न प्रत्येक स्थानिय तहले भूमिका खेल्नुपर्ने औल्याउनु भयो । आफुले देश बिदेशमा थुप्रै प्रशिक्षणहरु दिएपनि आफ्नै ठाउँमा साहित्यिक कार्यक्रमहरु आयोजना गरेर प्रशिक्षण दिन नपाउदा आउदो पुस्तालाई यसको महत्व बुझाउन नपाउदा केहि अपुग महसुस भएको उहाले बताउनु भयो । २२ बर्ष पछि आफ्नै ठाउँमा भएपनि कार्यक्रम आयोजना गरी प्रशिक्षकको रुपमा आमन्त्रण गरेर सहजिकरण गर्ने अवसर प्रदान गरेको प्रती बर्दघाट साहित्य समाजलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

 

 

कार्यक्रममा बिष्ोश अतिथीको रुपमा आफ्ना धारणा राख्दै रुद्र प्रकाश उपाध्यायले यस्ता खालका प्रशिक्षणले भाषा सस्कृतिको जगेर्ना गर्ने मात्र नभै मानविय जिवनमा सकारात्मक प्रभाव पार्ने हुदा साहित्य समाजले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।त्यसै गरी बर्दघाट साहित्य समाजका अध्यक्ष दिनानाथ पौडेलले बर्दघाट क्षेत्रमा साहित्य प्रति रुचि राख्नेहरुको संख्या उल्लेख्य भएको बताउदै रुचि भएका सात्यिप्रेमिहरुकै अनुरोधमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । कार्यक्रममा गजल लेखन सम्बधि ५० जनालाई प्रशिक्षण दिईएको थियो ।

स्ांस्थाका वरिष्ठ उपाध्यक्ष हुमनाथ आचार्यको स्वागत मन्तव्य रहेको कार्यक्रको संचालन साहित्य समाजका सचिव रबिन शर्मा चापागाईले संचालन गर्नुभएको थियो ।


प्रकाशित : २०७८ असोज १७ गते ९:२२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology