रामपुर सहिद बहुमुखी क्याम्पस ताल्चा लाग्यो ।

कन्दरा न्युज सम्बादाता
प्रकाशित : २०७८ असोज २० गते १७:४५

रामपुर, शहिद बहुमुखी क्याम्पस रामपुर पाल्पामा आज अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस प्रमुखको कार्य कक्षमा तालावन्दी गरेको छ । नब आगन्तुक विद्यार्थीहरुलाइ दशै तिहारको शुभकामना आदानप्रदान कार्यक्रम बिथोल्न खोजेको आरोपमा ताला लगाएको हो । क्याम्पस प्रशासनसंग अनुमति लिएर गरिएको कार्यक्रममा नगर प्रमुख नै उपस्थिति रहेर कार्यक्रम बिथोलेको आरोप लगाएका छन ।
अनेरास्ववियु क्याम्पस कमिटी संयोजक मधुसूदन आचार्यको अनुसार नेपाली कांगे्रसका नेताहरु नै उपस्थित रहि विद्यार्थीलाई हात पात गरेको आरोप लगाएका छन ।
क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्लेका अनुसार अनेरास्ववियुले क्याम्पससंग परामर्श गरि कार्यक्रम पहिला नै तय गरेको हो तर पछि नेबिसघले कार्यक्रम गर्ने भन्दै थियो त्यस कारण द्धान्द भएको बताएका छन् ।

बिज्ञप्तिको पुर्ण पाठ

गंगालाल साहदतबाट सुरु भएको विद्यार्थी आन्दोलन शीरमा कफन बाँधेर राजतन्त्र विरुद्धको आन्दोलनमा निरन्तर आगाडि बढिरहेको आन्दोलनलाई जगै देखि माथि उठाएर गणतन्त्र प्राप्ती गर्ने ताकत यही विद्यार्थी आन्दोलनको नेता संगठन अनेरास्ववियुले गरेको जग जायरै छ ।
यसै सन्दर्भमा क्याम्पस प्रशासनसंग अनुमति लिई अनेरास्ववियु शहिद बहुमुखी क्याम्पस कमिटीले आयोजना गरिएको नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा विजया दशमी र शुभ दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रममा नवमण्डलेको मुकुण्डो भिरेर आफुलाई लोकतन्त्रको हिमायती ठान्ने र व्यवहारमा अलोकतान्त्रिक गतिविधिमा श्रेष्ठता हासिल गरेको संगठन ने.वि.संघ, रामपुर नगरपालिकाको नगर प्रमुख र उप प्रमुख लगायत नेपाली कांग्र्रेस वडा सभापतिहरु पनि सहभागि भई अनेरास्ववियुको कार्यक्रमलाई विथोल्ने कार्यप्रति अनेरास्ववियु घोर आपत्ती प्रकट गर्दछ ।
विद्यार्थी आन्दोलनको मर्मलाई आत्मसाथ गर्दै रामपुर नगरीलाई शैक्षिक क्षेत्रको हब बनाउने अनेरास्ववियुको अभियानलाई कुनै पनि राजनितिक दलको नाममा बन्देज गर्ने गतिविधिबाट अनेरास्ववियु एक कदम अघि बढ्दै रामपुर नगरको शैक्षिक नगरीको रुपमा स्थापित गर्ने अनेरास्ववियुको आन्दोलन निरन्तर अगाडि बढिरहेको छ ।
यस्तो अराजक गतिविधिलाई प्रोत्साहन गर्ने क्याम्पसको व्यवस्थापन समिति र क्याम्पस प्रमुखको तत्काल राजिनामाको जोडदार माग गर्दै क्याम्पस प्रमुखको कार्य कक्षमा तालावन्दी गरिएको जानकारी यसै विज्ञप्ती मार्फत गराउदछौं । शहिद बहुमुखी क्याम्पस र रामपुर नगरको शैक्षिक वातावरणलाई सकारात्मक ढंगबाट प्राज्ञिक थलोलाई प्राज्ञिक थलोको रुपमा विकास गर्ने अनेरास्ववियुको अभियानमा कत्ति पनि विचल्लित नहुने प्रण गर्दछौ ।
अन्त्यमा समाज रुपान्तरणको अभियान संगै यस्ता विकृति र विसंगती विरुद्धको अनेरास्ववियूको अभियान र आन्दोलनमा तपाई सम्पूर्ण विद्यार्थी, अविभावक, शिक्षक वर्ग र आम जनसमुदायलाई साथ र सहयोग अपेक्षा गर्दछौं । विज्ञप्तीमा भनिएको छ ।

प्रेस बिज्ञप्ती


प्रकाशित : २०७८ असोज २० गते १७:४५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology