पूर्वखोला गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ

Kandara News
प्रकाशित : २०७८ असोज २० गते २३:१३

असोज २०
पूर्वखोला गाउँपालिकाको वार्षिक खर्च सार्वजनिकिकरण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
पूर्वखोला गाउँपालिका कार्यालयले आज रिङ्नेरहमा आयोजना गरेको उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले गत आ।व।२०७७र७८ मा जम्मा ५१ करोड ७५ लाख ९४ हजार बजेट मध्ये ३९ करोड २७ लाख ३६ हजार ७५.८८ प्रतिशत खर्च भएको विवरण सार्वजनिक गर्नुभयो । सडक पूर्वाधार विकाषमा ९८. ९५ प्रतिशत काम सम्पन्न भएको, उर्जा १०० प्रतिशत , पून निर्णमाण १०० प्रतिशत, सम्पदा पूर्वाधार तर्फ ८५.७१ प्रतिशत,कृर्षि ÷ पशु तर्फ ९२.८५ प्रतिशत, उद्योग तर्फ १०० प्रतिशत, भूमी व्यवस्थापक तर्फ ५० प्रतिशत , सहकाीमा १ वटा रहेकोमा सम्पन्न हन नसकेको, जलस्रोत तथा सिचाई १०० प्रतिशत , शिक्षामा १०० प्रतिशत, स्वास्थ्य तर्फ १०० प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र ७७.३३ प्रतिशत, वार्षिक प्रशासनिक खर्च ८८.०२ प्रतिशतले काम सम्पन्न भएको बताउनु भयो ।
स्वास्थ्यसेवा,शिक्षाक्षेत्र,कृषि,भौतिक पूर्वाधार, सामुदायीक विद्युतिकरण, बजार भाउ लगायतका विषयमा प्रश्न , जिज्ञासा र सुझावहरु राखेका थिए । सहभागीहरुको प्रश्न तथा जिज्ञासाहरुको जवाफ शाखा प्रमुख लगायतले उत्तर दिनु भएको थियो र समर्ग विषय वस्तुको उत्तर दिनुहुँदै पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले आफुहरु सुशासन मार्फत समृद्ध पालिका बनाउने अभियानमा लागेको बताउनुभयो । अध्यक्ष थापाले अहिलेको ऐन तथा नीति निर्देशिकाहरुले आफुहरुले चाहँदा चाहँदै पनि राजनैतिक दल,समाजका प्रवुद्धवर्गहरु,नागरिक समाज आदिलाई गाउँसभामा सहभागी गराउन नमिल्ने हुँदा पालिकाका गतिविधिहरु सार्वजनिक गर्न,आम नागरिकहरुसंग अन्तरक्रिया गर्नका लागि पनि सार्वजनिक सुनुवाइ जस्ता फोरमहरु उपयोग गरेर अगाडी बढ्ने बताउनुभयो । प्रश्नहरुको जवाफ दिने क्रममा प्रमुख प्रशासकीय अधिकृत पनेरुले आफूहरु जनतासंग समन्वय गरेरै अगाडी बढ्ने र पालिका,वडा लगायतका विषयगत कार्यालयहरुबाट गरिने सेवाप्रवाह जनताहरुकै अधिकतम सहजतामा होस भन्ने चाहेको बताउनुभयो । उहाँले भन्नुभयो(ूकार्यालयबाट सेवा लिने क्रममा कर्मचारीहरुबाट कुनै अनियमितता वा अनुचित कुराहरु भएमा लेखेर सुझावपेटिकामा खसाल्ने होइन । कुनै संकोच नमानी मसंग सिधै आउनुहोस् । म सम्बन्धित कर्मचारीलाई के गर्नुपर्ने हो तपाईंहरुकै अगाडी गर्छु ।ू
विभिन्न क्षेत्रका ७० जना भन्दा बढीको सहभागीता रहेको थियोे । गाउँपालिका अध्यक्ष नुन बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष भागिरथी भट्टराईको स्वागत मन्तव्य रहेको थियो । पत्रकार किरण कौशलले सहजीकरण गर्नुभएको कार्यक्रममा सहभागीहरुका प्रशासनिक तथा कार्यालय व्यवस्थापनसंग सम्बन्धित प्रश्नको सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत पनेरू र विकास निर्माण तथा नीतिगत प्रश्नको सम्बन्धमा अध्यक्ष थापाले जवाफ दिनुभएको थियो .


प्रकाशित : २०७८ असोज २० गते २३:१३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology