बर्दघाटमा नगद सहित एघार जुवाडे पक्राउ

रवीन शर्मा चापागाई
प्रकाशित : २०७८ असोज २२ गते २०:३४

बर्दघाटमा नगद सहित एघार जुवाडे पक्राउ

 

बर्दघाट / पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका- १ बाट प्रहरीले शुक्रवार बिहान साढे ६ बजे जुवा खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले सुचनाको आधारमा बर्दघाट -१ पुनर्वासका खोम बहादुर पुनको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी डिएसपि राजु लामाका अनुसार पक्राउ परेकाको साथबाट १ बुक तास वटा र २ लाख ५७ हजार ११० रुपैयाँ र माछापुच्छ्रे बैकको ६ लाख ५४ हजार बराबरको २ थान चेक गरि कुल ९ लाख ११ हजार १ सय ७० रुपैया बरामद भएको जानकारी दिए। प्रकाउ पर्नेहरु २६ देखि ५० बर्ष उमेर समुहका छन ।प्रहरीले उनिहरु बिरुद्ध मुद्दा दर्ता गरेर हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ।


प्रकाशित : २०७८ असोज २२ गते २०:३४

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology