नेकपा (एमाले) पूर्वखोला गाउँपालिका वडा नं– ५,वीरकोटको प्रथम वडा अधिवेशन सम्पन्न

टि.वि सारू
प्रकाशित : २०७८ कार्तिक ३ गते ८:४०

कार्तिक–२,वीरकोट
नेपाल कम्युनिष्ट पार्टी (एमाले) पूर्वखोला गाउँपालिका वडा नं– ५,वीरकोटको प्रथम वडा अधिवेशन वीरकोटको वडा भवनमा सम्पन्न भएको छ ।
प्रथम वडा अधिवेशन कार्यक्रमको मूल पाहुना नेकपा(एमाले) जिल्ला कमिटि सचिवालय सदस्य विमल काफ्ले हुनुहुन्थ्यो । नेकपा(एमाले) वडा कमिटिका उपाध्यक्ष शिव कुमार श्रेष्ठको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रममा वोल्दै काफ्लेले अहिले नेकपा(एमाले)
पार्टीका केही कमरेडहरु सत्ता, पद र शक्तिको लोभमा परेर केही गलत प्रवित्तिका एक झुण्ड मात्र अलग भएर गएकोमा त्यसले सिंगो पार्टीमा कुनै असर नपार्ने विचार व्यक्त गर्नु भयो । टोल टोलमा गएर जनताहरुलाई भेला गराई पार्टी गतिविधिहरु संचालन गरि वर्तमान अवस्थामा देखा परेका राजनीतिक अस्थिरताको वारेमा जनतालाई प्रष्ट पार्दै सक्रिय बनाउन महत्वपूर्ण भुमिका खेल्नु पर्ने काफ्लेले बताउनु भयो । कार्यक्रममा जिल्ला कमिटिका सदस्य तथा पूर्वखोला गाउँपालिका अध्यक्ष नुन वहादुर थापाले पूर्वखोला गाउँपालिकाले हाल सम्म विभिन्न क्षेत्रमा गरेका विकास निर्माणको वारेमा चर्चा गर्नुको साथै सोचे अनुसारको जनताका कामहरु गर्न चाहाना हुदा हुदै पनि देशमा स्थिर सरकार नहुनु र कर्मचारी संयन्त्रको कारणले गर्दा पनि गर्न नसकेको विचार राख्नु भएको थियो ।

उक्त कार्यक्रममा जिल्ला कमिटिका सदस्य भागीरथी भट्टराई जिवन आचार्य,मन नारायण श्रेष्ठ, नुन वहादुर थापा लगाएतले अधिवेशनको सफलताको शुभकामनाका साथै जुझारु, सक्षम, कुशल नेतृत्वको चयनहोस भन्ने शुभकामना मन्तव्य राख्नु भएको थियो । वडा अधिवेशन कार्यक्रम वडा कमिटिका अध्यक्ष धन वहादुर सिंजालीको अध्यक्षता र ति. वि. सारुमगरको संचालनमा सम्पन्न भएको थियो । उक्त अधिवेशनले
धन वहादुर सिंजालीको अध्यक्षतामा ३१ सदस्सीय वडा कमिटि समेत चयन गरेको छ । उक्त वडा कमिटिमा निम्नानुसारका रहेको छ ।
अध्यक्षमा धन वहादुर सिंजाली उपाध्यक्षः शिव कुमार श्रेष्ठ, सचिवमा याम प्रसाद श्रेष्ठ उप सचिवमा याम वहादुर सारु, उप सचिवमा इन्द्रा वारघरे छनोट हुनु भएको छ ।

 


प्रकाशित : २०७८ कार्तिक ३ गते ८:४०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology