डेङ्गु लागेर रम्भा गाउँपालिकाकाे वडा सदस्यको मृत्यु

कन्दरा सम्बाददाता
प्रकाशित : २०७८ कार्तिक ३ गते १७:३६

डेङ्गु लागेर रम्भा गाउँपालिकाकाे वडा सदस्यको मृत्यु
पाल्पा ३ कार्तिक

डेङ्गुले पाल्पामा एक जनप्रतिनिधिको ज्यान लिएको छ । पहाडी जिल्ला पाल्पाको रम्भा गाउँपालिका वडा नं। १ का वडा सदस्य हुम बहादुर सिंजालीको डेङ्गुको उपचारको क्रममा मृत्यु भएको हो ।
रम्भा १ बिसौना घर भएका सिंजालीको डेंगुका कारण मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताउनु भयो । ५७ वर्षीय सिंजालीको उपचारका क्रममा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । डाइलोशिस गर्नुपर्ने अवस्था सिर्जना भएको र अन्तिम अवस्थामा रोग पहिचान भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनु भयो।
आइतबार हात दुख्ने समस्या देखिएर स्याङजाको गल्याङ सामुदायिक अस्पताल पुगेका सिंजालीलाइ पट्टी बाधेर अस्पतालले घर फर्काएको थियो । पछि पूनः हात दुख्ने र अरू समस्या देखिएपछि उनलाई तानसेनको युनाइटेड मिशन अस्पताल हुँदै बुटवल पुर्याइएको थियो ।
वडा सदस्य सिंजाली गत स्थानिय तहको चुनावमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । वडा सदस्यको मृत्यु भएपछि गाउँपालिकाले पालिका भर बुधबार शोक विदा दिएको छ ।


प्रकाशित : २०७८ कार्तिक ३ गते १७:३६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology