प्रचण्ड द्धारा बाढी, पहिरो बाट क्षेति भएकाहरुलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपुर्ति दिन माग

Kandara News
प्रकाशित : २०७८ कार्तिक ३ गते १८:२१

प्रचण्ड द्धारा बाढी, पहिरो बाट क्षेति भएकाहरुलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपुर्ति दिन माग ।

पछिल्ला तीन दिनदेखि देशभर परेको अबिरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी प्रदेश नं। १, सुदुरपश्चिम प्रदेश लगायत देशका विभिन्न भागहरुमा ज्यान गएको छ । त्यसैगरि यस प्राकृतिक विपद्मा परी दर्जन भन्दा बढी नागरिक सम्पर्कबिहिन भएका छन् । धानवाली थन्काउने बेलामा आएको अबिरल वर्षाका कारण किसानका धान लगायतका बालीनालीको ठूलो क्षति भएको छ । माहोबादी केन्द्रका अध्यक्ष पुस्प कमल दाहाल द्धारा प्रेस विज्ञप्ति निकालदै सरकारसँग राहात र क्षतिपुर्ति दिलाउन माग गर्नु भएको छ ।

 

प्रेस विज्ञप्ति पूर्ण रुप सहित
पछिल्ला तीन दिनदेखि देशभर परेको अबिरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी प्रदेश नं। १, सुदुरपश्चिम प्रदेश लगायत देशका विभिन्न भागहरुमा ३० जनाभन्दा बढी नागरिकको ज्यान गएको छ । त्यसैगरि यस प्राकृतिक विपद्मा परी झण्डै तीन दर्जन भन्दा बढी नागरिक सम्पर्कबिहिन भएका छन् । धानवाली थन्काउने बेलामा आएको अबिरल वर्षाका कारण किसानका धान लगायतका बालीनालीको ठूलो क्षति भएको छ ।
यस विपद्मा ज्यान गुमाउनुभएकाहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । बाढीपहिरोमा परी बेपत्ता हुनभएकाहरुको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र संघका सुरक्षा लगायत सबै सरकारी निकायहरु, स्थानीय स्वयम्सेवी, विभिन्न संघसंस्था, व्यक्ति, युवा र हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरुमा विशेष आग्रह गर्दछु ।
बाढीपहिरोमा फँसेकाहरुको उद्दार र राहत, घाइतेहरुको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकहरुको खानपान र बसोबासको व्यवस्था मिलाउन म सरकारसँग विशेष अनुरोध गर्दछु । बाढी र पहिरोबाट सबैभन्दा बढी मारमा परेका किसानहरुलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपुर्ति दिलाउन पनि म सरकारसँग जोडदार माग गर्दछु ।

 


प्रकाशित : २०७८ कार्तिक ३ गते १८:२१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology