रम्भा मा कोरोनाको कारण १ महिलाको निधन

Kandara News
प्रकाशित : २०७८ कार्तिक ४ गते ११:५१

कार्तिक ४ पाल्पा,  रम्भा गाउँपालिका मा आज कोरोनाको कारण १ महिलाको निधन भएको छ ।
रम्भा गाउँपालिका वडा नं. ५ फुरुङ्दी स्थित करिब ३४ बर्ष कि महिलाको कोभिड १९ कोरोना भाइसरको कारण मृत्यु भएको हो ।

बुटवल मा एक विद्यालयको चमेना गृह संञ्चालन गदै आउनु भएको र यहि सप्तमि बाट विद्यालय बन्द रहेपछि उहाहरु दशै मनाउन घर आउनु भएको थियो । स्वास्थ्यमा केहि समस्या आएपछि यहि असाेज २८ गते पाल्पा स्थित युनाइटेड मिसन अस्पतालमा उपचार गराउन जानुभएको र मिसन अस्पतालमा एन्टिजिन परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि उहाले कोरोनाको उपचार गराइरहनु भएको थियो ।
४ गते विहान करिब ५ बजे तिर उहाको मिसन अस्पतालमा निधन भएको हो ।


प्रकाशित : २०७८ कार्तिक ४ गते ११:५१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology