कोरोना को कारण पाल्पाको एक विद्यालय बन्द

Kandara News
प्रकाशित : २०७८ कार्तिक ४ गते १२:०९

रम्भा गाउँपालिका वडा नं. ५ फुरुङ्दी को प्राकृतिक आधारभुत विद्यालय बन्द भएको छ ।
समुदायको एक अभिभावक कोरोना भाइरसको कारण ४ गते विहान मृत्यु भएपछि विद्यालय र समुदाय स्तमा कोरोना भाइरस फैलन नदिन साथै उक्त परिवार बाट विद्यालय मा विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालय बन्द गर्नु परेको विद्यालयका प्रधानाध्यापकले जानकारी गराउनुभयो ।
विद्यालय व्यावस्थापन समितिको आकस्मिक बसेको बैठकल ले गाउँपालिक शिक्षा शाखा र गाउँपालिका स्वास्थ्य शाखा संग समन्वय गरि अर्को सुचना नभए सम्मको लागि विद्यालय बन्द रहने कुरा व्यावस्थापन समिति का अध्यक्ष ले जानकारी गराउनु भयो ।


प्रकाशित : २०७८ कार्तिक ४ गते १२:०९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology