बागमति प्रदेश मुख्यमन्त्रि शाक्यले कात्तिक १० गते विश्वासको मत लिने

Kandara News
प्रकाशित : २०७८ कार्तिक ४ गते १८:२३

 

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले यही कात्तिक १० गते विश्वासको मत लिने भएकी छन्।

 

प्रदेशसभाको आज अपराह्न बसेको बैठकले मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने कार्यका लागि यही कात्तिक १० गते बुधबार अपराह्न बस्ने बैठकमा मतदान हुने बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले उल्लेख गरे।

आज दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक ढिलो सुरू भएका कारण आजै मतदान गर्ने कार्य सम्भव नभएका कारण कात्तिक १० गते पुर्‍याइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।

 

 

यसैगरी, मुख्यमन्त्री शाक्यले उक्त बैठकमा विश्वासको मत लिने कार्यका लागि संसद्मा रहेका सबै दलसँग आग्रह गर्दै दलगत स्वार्थभन्दा माथि उठेर संविधान र प्रजातन्त्रको रक्षाका लागि एकजुट हुने धारणा व्यक्त गरिन्।

रासस

 


प्रकाशित : २०७८ कार्तिक ४ गते १८:२३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology