निस्दीमा खुल्ला पूरुष भलिबल हुने,  प्रथम पुरस्कार एक लाख

Kandara News
प्रकाशित : २०७८ कार्तिक ४ गते १८:३०

कार्तिक ४ पाल्पा
निस्दी गाउँपालिका पाल्पामा आगामी कार्तिक १० गतेदेखि प्रथम निस्दी खेलकुद महोत्सव ( २०७८ हुने भएको छ। परिवर्तनको लागि युवा निस्दी ( ४ , मित्याल , झ्यालतुङको आयोजनामा खेलकुद महोत्सव हुन लागेको हो। खेलको मध्यमबाट निस्दीको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले खेलकुद महोत्सव आयोजना गरेको आयोजक समितिका अध्यक्ष रोमन गाहाले बताउनुभयो । निस्दीमै पहिलोपटक ठुलो धनराशिको पुरस्कार राखिएको खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख रुपैयाँ ,द्धतीयले नगद ५० हजार रुपैयाँ र तृतीय हुने टिमले नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन। पालिका खेलमैदान झ्यालतुङमा हुने भलिबल प्रतियोगिताको उद्घाटन खेल कार्तिक ११ गते हुने कार्यक्रम संयोजक पुनाराम सुनारीले बताउनुभयो । खेलकुद महोत्सवमा विभिन्न मगरी खानाको परिकार तथा लोक सांस्कृति झल्किने स्थानीय झाँकी नाचको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

स्राेत ः धन बहादुर ठाडा   निस्दी


प्रकाशित : २०७८ कार्तिक ४ गते १८:३०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology