नेकपा(एमाले)का नेता प्रभु शाहा द्धारा रातो पार्टीमा आएको समाचारको खण्डन गरेका छन् ।

Kandara News
प्रकाशित : २०७८ कार्तिक ४ गते १९:११

नेकपा(एमाले)का नेता प्रभु शाहा द्धारा रातो पार्टीमा आएको समाचारको खण्डन गरेका छन् । उनले रातोपार्टीले प्रचण्ड मुत्त देश बनाउने घोषण गरेका प्रभु शाहा माओवादी केन्द्रमा फर्किने समाचारको खण्डन गदै फेस बुक स्टाटस लेखेका छन् ।
प्रभु शाहा पूर्व माओवादीका नेता हुन उनी हाल एमालेको नेता हुन
के छ त उनको स्टाटसमा

““रातोपाटी लगायतका अनलाइनहरुमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको छ । महान जनयुद्ध र हजारौं शहिदको अपमान गरेर कुर्सीको चक्करमा खिचड़ी संसदीय ब्यवस्था खड़ा गरि देशलाई अन्यौलग्रस्त एवं अस्थिर बनाउने प्रचण्डकै कारण आज हजारौ योग्य नेपालीहरु विदेश पलायन हुन बाध्य छ । आफ़नो ब्यक्तिगत स्वार्थका कारण माओवादी आन्दोलनलाई टुक्रा टुक्रा गरि सिंग़ै देशलाई नै अस्थिरताको खाडलमा धकेलने प्रचण्डको नेतृत्वमा कोही पनि सच्चा माओवादीरक्रान्तिकारीहरु एकताबद्ध हुन सक्दैन । वर्तमान राजनीतिक संकटको अग्रग़ामी निकासको लागि क्रान्तिकारीहरुको ध्रुविकरण अपरिहार्य आवश्यता हो । यसको लागि आफू निरन्तर क्रियाशील रहेको कुरा सर्वबिदित नै छ । तर जनतालाई धोखा दिने अनैतिक। असफल एवं अबिश्वसनिय व्यक्तिको नेतृत्वमा कदापि होईंन ।
रातोपाटी जस्तो प्रतिष्ठित अनलाइनले यस्ता भ्रामक समाचार सम्प्रेषण गर्दा सिंगै मिडिया जगतको विश्वनियतामाथि प्रश्न चिन्ह खडा भएको छ । यस्ता भ्रामक र प्रायोजित समाचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछु ।“


प्रकाशित : २०७८ कार्तिक ४ गते १९:११


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology