रामपुरमा इलाका प्रहरी कार्यलयको स्तरउन्नतिको माग गदै स्थानिय नागरीक

रमा भण्डारी
प्रकाशित : २०७८ कार्तिक ६ गते १२:१३

रामपुरमा शान्ति सुव्यवस्था अमनचयन कायम गर्नका लागि प्रहरी कार्यालयको स्तरोन्नतिको माग गरेका हुन् ।इलाका प्रहरी कार्यालय रामपुरमा प्रहरी निरीक्षकको दरबन्दी रहेको स्थानीय नागरिकले त्यसको स्तरोन्नतिको माग जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराई समक्ष रादेका हुन् । शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत प्रहरी कार्यालयमा बन्ने भवनको अध्ययनको लागि छलफलमा आउनुभएका प्रहरी उपरीक्षक भट्टराईसँग रामपुरमा बढ्दै गएको जनघनत्व को अवस्थामा शान्ति सुरक्षा मजबुत बनाउन स्तरोन्नतिको माग गरेका गरिएको छ । इलाका प्रहरी कार्यालय रामपुरको सेवा क्षेत्र सुरक्षाको हिसाबले चुनौती र बढ्दो जनघनत्व भएकाले डिएसपीको दरबन्दी र मुद्दा दर्तालगायतका काम रामपुरबाट हुने गरी व्यवस्थाका लागि माग गरेका छन् प्रहरी उपरीक्षक भट्टराईले जिल्लामा पुग्ने धेरै मुद्दा रामपुर क्षेत्रको भएकाले यहाँका जनताको सेवाका लागि थप जनशक्तिसहितको पूर्वाधार आवश्यक रहेको बताउनुभयो । रामपुरमा जनघत्व बढ्दै गरेको अवस्थामा विभिन्न आपराधिक क्रियाकलाय, हिंसाका घटना बढ्दै गरेकाले पनि डिएसपीसहितको दरबन्दी तत्काल आवश्यक परेको नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य बताउनुहुन्छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत प्रहरी कार्यालयमा बन्ने भवनको सम्भाव्यता अध्ययन कार्य भएको हो । एशियाली विकास बैंक ९एडिबी० को समन्वयमा बन्ने भवनको स्थलगत अनुगमन र सरोकारवालासँग छलफल भएको छ । अनुगमन अध्ययन गरी उपयुक्त ठाउँ छनोटपश्चात् काम अगाडि बढाउने बताउनु भयो । इलाका प्रहरी कार्यालय रामपुरको आफ्नै नाममा २३ रोपनी जग्गा भएकाले आवश्यक पूर्वाधार थप गर्न उपयुक्त रहेको टोलीले जनाएको छ ।


प्रकाशित : २०७८ कार्तिक ६ गते १२:१३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology