रामतुलसी मा वि को अवलोकन गर्दै शिक्षा मन्त्रालयका सह सचिव लम्साल

रमा भण्डारी
प्रकाशित : २०७८ कार्तिक ६ गते १२:१९
 कर्तिक ६  रामपुर पाल्पा,
रामतुलसी मा वि रामपुर पाल्पाले शिक्षा मन्त्रालयको सह सचिव सहितको टोलीलाइ स्वागत तथा सम्मान गरेको छ । विद्यालय व्यावस्थापन समितिले शिक्षा मन्त्रालयबाट आउनु भएका मन्त्रालयका सह सचिव डा हरि लम्साल ,सिटिइभिटिइ गण्डकी प्रदेशका कार्यालय प्रमुख प्रमोद भक्त आचार्य र आधिखोला इन्टिच्युट का प्रमुख लगायतको टोलीलाइ एक कार्यक्रमका विच सम्मान गर्नु भएको हो । कार्यक्रममा शिक्षा मन्त्रालयका सह सचिव डाक्टर लम्सालले बोल्दै विद्यालयलाइ राम्रो बनाउन भौतिक पुर्वाधार मात्र भएर होइन पहिला शिक्षक हरुमा लगाव हुन पर्छ अनि विद्याथिमा परिवर्तन आउछ र अभिभावकमा पनि परिवर्तन आउछ बल्ल विद्यालयमा शिक्षाको गुणस्तरमा सुधार आउछ भन्नु भयो । अक्सफोडको उदारण दिदै शिक्षकहरुको विद्यालयलाइ चिनाउने काममा महत्वपुर्ण भुमिका भएकाले सबैले पालना गरे मात्र शैक्षिक शुधार हुने बताउनु भयो । वहाले पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधारहुदै गएको पनि बताउनु भयो ।
कार्यक्रममा विद्यालयका प्रधानध्यापक बालकृष्ण लम्सालले विद्यालय २०२५ सालमा स्थापना भएको जानकारी गराउदै विद्यालयको शैक्षिक र भोतिक विषयमा जानकारी गराउनु भएको थियो । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा पाल्पाली ढाकाटोपि फुलमाला अविरले सम्मान गरको हो । कार्यक्रममा विद्यालय अवलोकन गर्ने आउनु भएका सिटिइभिटिइ गण्डकी प्रदेशका कार्यालय प्रमुख प्रमोद भक्त आर्चायले कार्यलयको शैक्षिक क्षेत्रमा गरेको गतिविधिका बारेमा जानकारी गराउनु भएको हो । कार्यक्रमको संचालन प्रधानध्यापक बालकृष्ण

प्रकाशित : २०७८ कार्तिक ६ गते १२:१९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology