देविनगर नेकपा एमालेको प्रथम वडा अधिवेशन सम्पन्न ।।

भुवन सिंजाली
प्रकाशित : २०७८ कार्तिक ६ गते १८:४५

देविनगर नेकपा एमालेको प्रथम वडा अधिवेशन सम्पन्न ।।
कार्तिक ६ , देवीनगर
नेपाल कम्युनिस्ट पाटि एमाले पूर्वखोला ४ देविनगर वडा संगठन कमिटीको प्रथम वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमा देविनगर वडा संगठन कमिटीका अध्यक्ष बल बहादुर थापाले पाटिको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै यस वर्ष ६२ जना संगठित सदस्यले नविकरण गरेको नया ३० जनालाई संगठित सदस्यता दिने ७ लाख ७६ हजार २ सय १५ रुपैयाँ बराबरको आयव्याय र आगामि नयाँ कार्यक्रम समेत प्रस्तुत गर्नु भएको प्रस्तावलाई सर्वसहमतले पारित गरेको छ। अधिवेशन कार्यक्रमका प्रमुख अतिथि ने क पा एमाले जिल्ला सचिवालय सदस्य इस्वरि न्यौपानेले नेपालमा २००६ सालमा केही युवाहरु मिलेर भारतबाट संगठित हुदै कम्युनिस्ट पाटिको स्थापना गरे स्थापना पछि राणा शासन पञ्चायत शासन राजा शासनलाई फाल्दै माक्सवाद लेनिनवाद जनताको बहुदलीय जनवादलाइ आत्मसात गर्दै देशको विकासमा अगाडि बढिरहेको बताउनु भयो । अधिवेशनले बल बहादुर थापाको अध्यक्षतामा ३१ सदस्य देविनगर वडा संगठन कमिटी गठन भएको छ उपाध्यक्षमा भुवन सिंजालि सचिव भगवती राना सहसचिव इन्द्रबहादुर राना ठाकुर सिं गाहा चयन भएको छ। नयाँ संगठित कमिटीलाई सफल कार्यकालको शुभकामना दिदै जिल्ला कमिटी सदस्य तथा पुर्वखोला गाउपालिकाका अध्यक्ष नुन बहादुर थापाले हिज पाटि माओवादिसंग एकीकरण पछि फुट र अहिले केहि साथीहरू छुट्टिएर जानुले पाटिले नयाँ ढंगबाट अगाडि बढ्ने गरि माहाधिवेशन गरि अहिलेको वडा अधिवेशन प्रथम अधिवेशन मान्य निर्णय भएकोले अहिले नेपालका सबै वडामा हुने अधिवेशन प्रथम वडा अधिवेशन भनिएको ाबताउनु भयो । , नयाँ वडा संगठित कमिटीलाई सपत खुवाउदै उहाले ४ वर्ष अवधिमा पुर्वखोला गाउपालिकामा गरेका विकास निर्माण कामको बारेमा जानकारी दिनु भएको थियो । अर्का जिल्ला कमिटी सदस्य तथा पुर्वखोला गाउपालिकाका उपाध्यक्ष भागिरथि भट्टराई, जिल्ला कमिटि सदस्य देवि पंगेनी लगाएतले शुभकामना दिनु भएको थियो । अध्यक्ष बल बहादुर थापाले देविनगर वडामा पाटिको निर्देशन अनुसार सबैसंग समन्वय गरि थप शसक्त बनाउने विकास निर्माण कार्यमा पार्दशि रुपमा रेखदेख गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। अधिवेशनले कार्तिक ९ गते हुने गाउपालिका अधिवेशनलाई १३ जना सदस्यलाई छनोट गरेको छ। कार्यक्रम भगवती रानाको सन्चालन र अध्यक्ष बल बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।


प्रकाशित : २०७८ कार्तिक ६ गते १८:४५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology