सिलुवामा पाँचौ मण्डलीकप तयारी तथा आय व्यय सार्वजनिक कार्यक्रम सम्पन्न

विक्रम पंगेनी
प्रकाशित : २०७८ कार्तिक ६ गते २१:२१

०६ कार्तिक, पुर्बखोला १ सिलुवामा मण्डली स्पोर्ट्स क्लबको बैठक सम्पन्न भएको छ। बैठक मण्डली स्पोर्ट्स क्लबका अध्यक्ष अनन्त प्रसाद श्रेष्ठको अध्यक्षता र बिक्रम पंगेनिको संचालनमा सम्पन्न भएको हो। कार्यक्रममा क्लबका कोषाध्यक्ष शंकर प्रसाद श्रेष्ठले रु २० लाख ८२हजार २८१ बराबरको आय व्यय प्रस्तुत गर्नुभएको थियो। बैठकले यहि कार्तिक २४ देखि २७ गते सम्म अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता गर्ने निर्णय गरेको छ। खेलको पुरस्कार प्रथम,  दितिय ,तृतीय र सान्त्वना लाई क्रमश ७५ हजार , ५० हजार,   २५ हजार र १० हजार सहित बिधागतरूमा ७ हजार  पुरस्कार दिने निर्णय भएको छ।


प्रकाशित : २०७८ कार्तिक ६ गते २१:२१

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology