पूर्वखोला -२ जल्पा नेकपा एमालेको प्रथम वडा अधिवेशन सम्पन्न

माया राना
प्रकाशित : २०७८ कार्तिक ६ गते २२:०४

पुर्ब खोला गाउँपालिका २ जल्पा मा पनि नेकपा एमाले प्रथम वडा अधिवेशन सम्पन्न भएको छ।अधिवेशनले वेद प्रसाद बस्यालको अध्यक्षतामा २७ जना सदस्य रहेको समिति चयन गरिएको छ,उपाध्यक्ष मा भीमी सरा आले,सचिवमा प्रेम नारायण भट्टराई सह सचिवमा विष्णु बा सारु र गंगा बा बारघरेलाई चयन गरिएको छ। जिल्ला समन्वय समितिका इश्वरी प्रसाद न्यौपानेले नव गठित समितिलाई शुभकामना दिँदै सपथ ग्रहण गराउनु भयो,जिल्ला कमिटीका सदस्य तथा पुरबाखोल गाउँपालिका अध्यक्ष्य नुन बा थापाले नेकपा एमालेको कार्यकालमा भए गरेका कामको समिक्षा गर्दै नयाँ समितिलाई शुभकामना दिनु भयो। गाउँपालिका उपाध्यक्ष भागीरथी भट्टराई,युवा नेता जीवन आचार्य, खेम बा सारु लगायतले शुभकामना दिदै आ आफ्नो भनाई राख्नु भयो। पुर्ब खोला जल्पा मा ७६ जनाले नेकपा एमाले को क्रियाशील पार्टी सदस्यता रहेको छ ,भने अब नयाँ सदस्यता विस्तार गर्ने पनि पार्टीले निर्णय गरेको छ । अधिवेशन नि वर्तमाम वडा कमिटीका अध्यक्ष राम प्रसाद आचार्यको अध्यक्षतामा चित्र कुवँरको संचानलना सम्पन्न भएको हो ।


प्रकाशित : २०७८ कार्तिक ६ गते २२:०४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology