१९ वर्षीय झरना चौधरी बनिन सबैभन्दा कान्छी एमाले वडा सचिव

Kandara News
प्रकाशित : २०७८ कार्तिक ७ गते २१:१५

 

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ मा १९ वर्षकी झरना चौधरी वडासचिवमा सर्वसम्मत चयन भएकी छन्  । रुपन्देही निर्वाचन क्षेत्र नम्बर पाँचका धेरै ठाउँमा युवा अनुहार आएको राष्ट्रिय सभा सदस्य तथा नेकपा एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले बताए  ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिवार पार्टीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच पूर्व प्रधानमन्त्री पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चूअल माध्यमबाट वडा अधिवेशनको उद्घाटन गरेसँगै देशभरमाअधिवेशन सुरु भएको थियो ।

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं १ का २६ वर्षीय सुरज कलवार वडा कमिटी अध्यक्ष भए  । सानै उमेरमा नेकपा एमाले लुम्बिनी साँस्कृतिक नगर वाड न १ को अध्यक्ष बनेका छन् ।

 


प्रकाशित : २०७८ कार्तिक ७ गते २१:१५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology