जन्मदिनको अवसर पारेर वीरकोटका एक युवाले विध्यार्थीलाई पोशाक वितरण गरे।।

सिमा श्रेष्ठ
प्रकाशित : २०७८ कार्तिक १० गते १८:०२
पाल्पा जन्मदिनको अवसर पारेर वीरकोट आफरडाँडा घर भै वैदेशिक रोजकारको शिलसिलामा मलेसिमा कार्यरत प्रमोद ठाडाले जनकल्याण आधारभूत विद्यालय मा अध्यन गर्ने गरिब तथा जेहेन्दार ११ जना विद्यार्थीलाई १० हजार बराबरको पोसाक वितरण गर्नु भएको छ । ठाडा समाजिक क्षेत्रमा सहयोग गर्दै आउनु भएको थियो । गत बर्ष कोविड -१९ को मर्कामा परेका घर परिवारलाई राहात समेत दिनु भएको थियो । पोषाक वितरण विद्यार्थी हरुलाई विद्यालयमा नै  वितरण गरेको जन कल्याण आधारभुत विद्यालय शिक्षक मनोज जर्घाले बताउनु भयो ।बिधालय व्यवस्थापन समितिका अध्यक्ष शिव बहादुर ठाडाले तड्क भड्क नगरेर सबैले नै यसरी जन्मदिन मनाएको भए देशको उन्नतिका बिकास भैई कसैको आखामा आँसु हुदैनथ्यो भन्ने कुरा गर्नु भयो । यसै बिधालय परिवार तथा प्रधानध्यापक मन बहादुर गाहाले जन्मदिनको शुमकामना दिदै अझै प्रगतिको बाटोमा हिड्न सुबिचार जागोस भन्दै धन्यवाद समेत दिनु भयो ।


प्रकाशित : २०७८ कार्तिक १० गते १८:०२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology