हात्तिलेक सहकारीको १६ औ साधारण सभा सम्पन्न ।

विक्रम पंगेनी
प्रकाशित : २०७८ कार्तिक १० गते २१:१४

हात्तिलेक सहकारीको १६ औ साधारण सभा सम्पन्न ।
१० कार्तिक पुर्बखोला , सिलुवामा

हात्तिलेक सामुदायिक बिकास बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको १६ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ।।
बार्षिक साधारण सभा कार्यक्रमका प्रमुख अथिती पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले कार्यक्रमको उद्घाटन गर्दै । सहकारी मार्फत हामी केही कर्जा लिई व्यवसाय संचालन गर्न सकेर आर्थिक वृद्धि गर्न सकिने बताउनु भयो । थापाले सहकारीको सुरुवाती चरण बारेमा समेत बताउनु भयो । थापाले हामिले आम्दानी गरेको केही रकम बचत गर्ने बानिको समेत विकास गर्नु पर्ने बताउनु भयो । उहाले यस संथाको बार्षिल साधारण सभाको अबसरमा थप प्रगतिको कामना सहित शुभकामना व्यत्त गर्नु भएको थियो ।
कार्यक्रमा पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराईले सहकारीले व्यवसायको प्रकृति र अवस्था हेरेर मात्र ऋण दिनु पर्ने सुझाब दिदै उद्यमी तथा व्यसाय हरुले सहकारी बाट धेरै फाईदा लिन सक्ने बताउनु भयो । कार्यक्रमा सिलुवा वडाका कार्यवाहक वडा अध्यक्ष गिरमान आले लगायतले बार्षिक साधारण सभाको अबसरमा शुभकाना मन्तव्य व्यत्त गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष लेरत्नमाया आलेले कुल पुँजी रु ६१६४१६१५ र कुल कारोबार रु ८०९००२७० र शुद्ध नाफा ८६६१७६ रहेको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो।। संस्थाका उपाध्यक्ष बुद्दिमान श्रेष्ठले संस्थाका गत बर्षको कार्य विवरण र भावि योजना तथा कार्यनीति प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिबेदनमा संस्थामा कुल १५१७ सदस्य संख्या मध्य ७९८ महिला र ७१९ पुरुष सदस्य रहेको समेत प्रस्तुत गर्नुभएको थियो । त्यस्तै लेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका ब्यबस्थापक ज्ञान बहादुर रानाले संस्था स्थापनाको उद्देश्य बारे बोल्दै सम्पुर्ण शेयर सदस्यहरुमा शुभकामना ब्यक्त गर्नुभएको थियो।। कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो। साथै कार्यक्रममा उत्कृष्ट महिला उध्यमी रेलडाँडा साबिसकी कृष्ण कुमारी आले, उत्कृष्ट पुरुष तामाखानी साबिसका सुर्यबहादुर जर्घा, उत्कृष्ट साबिसको रुपमा सामुङ्घा र लोस्दी साबिस सम्मानित भएको थियो। उक्त कार्यक्रम संस्थाका सचिब रबिन्द्र पँगेनिको संचालन र संस्थाका उपाध्यक्ष बुद्धिमान श्रेष्ठ को अध्यक्षतामा भएको थियो ।


प्रकाशित : २०७८ कार्तिक १० गते २१:१४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology