कार्तिक १२, पाल्पा
माथागढी गाउँपालिकाले तयार गर्दै दीर्घकालीन याेजनामाथागढी गाउँपालिकाले अाफ्नाे ८ वटै वडाकाे समग्र विकासलाई प्राथमिकतामा राखेर अावधिक याेजना सहित दीर्घकालीन याेजना तयारी गर्दै छ ।
वरिष्ठ डाक्टर बुद्धिमान श्रेष्ठ र वरिष्ठ याेजना विज्ञ कृष्ण पाैड्याल (लेकाली) काे सहयोगमा गएको ५ महिना अगाडि सम्पूर्ण वडामा गएर बस्ती स्तरबाटै शिक्षा , स्वास्थ , कृषि ,पशु, भाैतिक पूर्वाधार निर्माण जस्ता याेजनालाई सञ्चालन गरि पकेट क्षेत्र निर्माण गर्ने र नमुना गाउँपालिका र पहिचान सहितको गाउँपालिका निर्माण गर्ने अभियानमा परामर्श सहित सहजीकरण गर्नु भएको थियो । अबको अाउने वर्षहरूमा माथागढीले बाेक्ने पहिचान नमुनाका रुपमा परिणत हुदै जाने र गुरु याेजना तयार हुने कुरामा र नमुना पालिका बनाउन सम्पूर्ण टिम एकजुट भएर लाग्नुपर्ने कुरा बताउनु भएको थियो ।
कार्यशालामा सम्पूर्ण याेजना सम्बन्धि छलफल विषयगत संयाेजकले अाफ्नाे कार्ययोजना सहित गर्नु भएको थियो जसमा शिक्षा सम्बन्धि शिक्षक राजन अधिकारी , स्वास्थ्य सम्बन्धि स्वास्थ प्रमुख केशव जि सि, कृषि तथा पशुपालन पकेट क्षेत्र निर्माण शाखा तारा रसाइली , भाैतिक पूर्वाधार विकास शाखा ४ नम्बर वडा अध्यक्ष मधु पराजुली , प्रवेश धिताल , पुनम चिदी लगाएतले विषय गत क्षेत्रमा तयार पारिएको रिपोर्ट प्रस्तुत गर्नु भएको थियो ।
जसमा समग्र पालिकाले ५ वर्षमा गर्ने परिवर्तन सम्बन्धि र नमुना पालिका बनाउनका लागि अा अाफ्नाे क्षेत्रबाट जिम्मेवारी उठाइएको देखिन्छ ।
माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापाले कार्यशालाका अवसरमा पालिकाले याे तयार पूरा गरिसके पछि यहि याेजना अनुसार कार्यक्रम तथा कार्यहरु सञ्चालन गरिने र माथागढीलाई नमुना बनाउने कलासंस्कृति ,स्थानीय स्तरमा प्राप्त कुराहरु संरक्षण , स्थानीय स्तरमै उत्पादनलाई महत्त्व दिदै संरक्षण गर्ने र नमुना पालिका बनाउन अाफू पूर्ण प्रतिबद्ध रहेको साथै सम्पूर्ण जनप्रतिनिधि ,वडा अध्यक्ष ,बुद्धिजीवी सामाजिक व्यक्तित्व अगुवा व्यक्ति सम्पूर्णले साथ दिन अाग्रह गर्दै सबै संगै हिडेमा गन्तव्यमा पुगिने कुरामा अाफू विश्वास्वत् रहेको बताउनु भएको थियो ।
प्रकाशित : २०७८ कार्तिक १२ गते २१:०८
Facebook Comment