रामपुर नगरपालिका वडा नम्वर ६ले एकलमहिलाहरुको क्षमता विकासकालागि ३दिने अवलोकन भ्रमण सम्पन्न गर्यो ।।

रमा भण्डारी
प्रकाशित : २०७८ कार्तिक १४ गते १३:५८

 

रामपुर नगरपालिका वडा नम्वर ६ले एकलमहिलाहरुको क्षमता विकासकालागि ३दिने अवलोकन भ्रमण सम्पन्न गर्यो ।।
कर्तिक १४
रमा भण्डारी रामपुर पाल्पा

एकल महिला सञ्जाल रामपुर वडा नम्वर ६ को आयोजना ,रामपुर नगरपालिका रामपुर पाल्पाको आर्थिक सहयोग र वडा नम्वर ६ वडा कार्यलयको समन्वयमा ३ दिने अवलोकन भ्रमण सम्पन्न भएको छ । एकल महिला सञ्जाल वडा नम्वर ६ का अध्यक्ष लक्ष्मी ढकालको अध्यक्षतामा कार्तिक ११ गते विहान साढे सात वजे वडा कार्यलय बाट निस्कीएको ६० वर्ष भन्दा कम उमेरका वडा भित्रका एकल महिला दिदिबैनि ,जनप्रतिनिधि कर्मचारी पत्रकार सहितको टोलीले कास्की ,बाग्लुङ र पर्वतका विभिन्न धामिक तथा पर्यटकिय क्षेत्रको अवलोकन तथा निरिक्ष्ाँण गरेको हो ।
भ्रमणको क्रममा वडा नम्वर ६का वडा अध्यक्ष हुमनाथ न्यौपानेले भ्रमणको उदेश्य बारे जानकारी गराएर एकल महिलाहरुको क्षमताविकासका लागि भ्रमणले टेवा पुग्ने बताउदै रामपुर बाट टोलि निस्कीएको हो । २०७८ साल कार्तिक ११ गते लुम्लेको कृषि निर्देशनालयको अवलोकन गदै निर्देशनालयका प्राविधिक मिलन विजुक्छे निर्देशनालयको जानकारी गराउनु भएको भ्रमण टोलीले निर्देशनालयलाइ रामपुरको चिनारी मायाको चिनो प्रदान गरेको हो ।
भ्रमणटोलीले बाग्लुङ नगरपालिका सग छलफल गरी रामपुरको बारेमा अध्यक्षन्यौपानेले रामपुरको तालपोखरा,र ,ज्याग्दी बृहत पार्क र गौशालाका बारेमा प्रष्ट पार्नु हुदै रामपुरका र्धािमक तथा पर्यटकिय क्षेत्रको बारेमा जानकारी गराउनु भएको थिया ।कार्यक्रममा बाग्लुङ नगरपालिकाले फुलमाला अविरले स्वागत गरेको कार्यक्रममा बाग्लुङ नगरपालिकाका प्रमुख जनक पौड्यालले बाग्लुङको मायाको चिनो रामपुरलाइ प्रदान गर्नु भयो । बाग्लुङ नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत जिवन ज्ञवालीले बाग्लुङ अवलोकन भ्रमणमा आउनु भएकोमा धन्यबाद दिदै आफ्नो गृह जिल्ला पाल्पाभएको ले खुशि व्यक्त गर्नुहुदै भ्रमण उपलब्धी मुलक बनोस भन्दै शुभकामना दिनु भएको हो । कार्यक्रममा महिलाको तर्फबाट अध्यक्षलक्ष्मी ढकालले हामी एकल महिलाहरुको मनोबल बढ्ने खालका विभिन्न काम वडाले गरेर सञ्जाल समेत गठन गरेर काम गर्न सफल भएको बताउनु भयो । वडा नम्वर ६ को २०७८र८९कोमहिला तर्फ विनियोजित एकलाख रुपैयाबजेटमा सहभागि महिला हरुको समेत सहयोगमा भ्रमण सम्पन्न भएको हो । वडा नम्वर ६ का वडाले महिला हरु घरधन्दा र चुलोचौकोमा मात्र शिमित हुने र आत्म निर्भर हुन कसरी सकिन्छ भन्ने कुरालाइ मध्यनजर गरी अरुठाउका महिलाहरुले कसरी काम गरेका छन्, भन्ने कुरालाइ सुनेर भन्दा प्रत्यक्ष हेरेर अझ प्रभावकारी हुन्छ भन्दै भ्रमणटोेलीले लुम्लेको कृषि निर्देशनालयको अवलोकन गरेको हो । समाज आज पनि पित्रृसतात्मक नै छ एकल महिलालाइ घर देखि समाज सम्म हेर्ने दृष्टी कोण अझ पनि फरक छ ,समाजमा अझै पनि यी र यस्ताकुरा परिवर्तन हुन सकेको छैन । अव समाज परिवर्तन गर्ने एकल महिला सञ्जाललाई पनि हातमा हात मिलाएर अगाडि बडाउन वडाले काम गरकोमा वडालाइ धन्यबाद समेत दिनु भयो ।

कार्यक्ममा वडा सदस्य यम बहादुर भुजेलले वडा नम्वर ६ ले नमुनाका रुपमा वडा मा काम गदै आएको बताउनु भएको कार्यक्रमको संचालन वडा सचिव बासुदेव ढकालले गर्नु भयो । भ्रमण टोलीमा २९ जना एकलमहिला सञ्जालका पधाधिकारी तथा सदस्य हरु ३ जना जनप्रतिनिधि कर्मचारी र पत्रकार गरी ३५ जना सहभागि भ्रमण टोलीले विभिन्न धार्मिक तथा पर्यटकिय स्थालको अवलोकन गरी १३ गते रामपुर आइपुगेको हो ।


प्रकाशित : २०७८ कार्तिक १४ गते १३:५८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology