पुर्वखोलामा उत्कृष्ट प्रधानाध्यापक र विद्यालयलाई सम्मान ।।

प्रकाश देवकोटा
प्रकाशित : २०७८ कार्तिक १४ गते २१:०७

पूर्वखोला पाल्पा,
पूर्वखोला गाउपालिका कार्यालय शिक्षा,युवा तथा खेलकुद शाखाको मुल आयोजना मा पूर्वखोला गा.पा. भित्रका उत्कृष्ट प्रधानाध्यापक र विद्यालय लाई सम्मान गरिएको थियो ।
उत्कृष्ट प्रधानाध्यापक सम्मानमा मातृभुमि मा.वि.का प्रधानाध्यापक मेयर सिं थापा ,जनमार्ग मा.वि. का प्रधानाध्यापक श्याम बहादुर दिशा,उद्बुद्ध मा .वि.का प्रधानाध्यापक लोकहरी देबकोटा उत्कृष्ट प्रधानाध्यापक मा सम्मान हुनुभएको थियो । त्यसैगरि स्थानिय पाठ्यक्रम निर्माण समितिका संयोजक मेयर सिं थापा ,समिति सदस्य कृष्ण प्रसाद भट्टराई ,सदस्य सचिव शिक्षा शाखा प्रमुख डिल्लीराम ढुङ्गाना लाई स्थानिय पाठ्यक्रम निर्माणमा गरेको योगदान लाई उच्च सम्मान व्यक्त गर्दै सम्मान गरिएको थियो । सोहि कार्यक्रम मा श्री उद्बुद्ध मा.वि. जिल्लाकै उत्कृष्ट विद्यालय छनौट भएको बधाई सहित सम्मान गरिएको थियो । सोहि कार्यक्रममा पूर्वखोलाको शैक्षिक गुणस्तर कसरी गर्न सकिन्छ ? कस्को भुमिका के ? जस्ता विषयमा विद्यालय का प्रधानाध्यापक गाउ शिक्षा समिति बिच वृहत छलफल समेत भएको थियो ।
पूर्वखोला गाऊपालिकाको सभाहलमा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि गा पा अध्यक्ष नुन बहादुर थापा रहनुभएको थियो ।थापाले सम्मान ग्रहण गर्नुभएका व्यक्ति लाई बधाई शुभकामना ,सबै शिक्षक र सम्बन्धित व्यक्ति बधाईका पात्र भएको बताउनुभयो । शैक्षिक क्षेत्र गुणस्तरिय बनाउन अब कोहि पनि चुक्न नपाईने र शिक्षकले अब यो वा त्यो बहाना बनाएर आफु उम्कन नपाईने यदि त्यस्तो भएमा त्यसको सम्पूर्ण जिम्बेवार निकाय स्वं शिक्षकनै हुनेछ । छलफलका क्रममा उठेका केहि विषयमा पनि आफ्ना भनाई व्यक्त गरेका थिए । केहि कुरा चुनौति हुन्छ भने अबसर पनि पक्कै उसैले पाउने बताउनुभयो ।कार्यक्रमका विशिष्ट अतिथि पालिका प्रमुख प्रसासकिय अधिकृत ज्ञानु प्रसाद पनेरूले शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन सबै आआफ्नो क्षेत्रबाट सक्रिय तवरबाट लाग्नु पर्ने ,पूर्वखोला शैक्षिक सुधार ल्याउन बिग स्कुल को अपरिहार्य रहेको कुरा राख्नुभएको थियो ।
कार्यक्रममा सम्मानित प्रधानाध्यापकहरू, शिक्षा समितिका व्यक्तिहरूले आ आफ्ना धारणा राख्नुभएको थियो । आफु सम्मानित भईरहदा आफु मात्र नभएको सिङ्गो संस्थानै सम्मानको भागिदार रहनुभएको उहाहरूको धारणा रहेको थियो ।
कार्यक्रमका अध्यक्ष गाउ पालिका शिक्षा शाखा अधिकृत डिल्लीराम ढुङ्गानाले उत्कृष्ट शिक्षक ,उत्कृष्ट विद्यालय सम्मान गर्न पाउदा आफुलाई गर्व महशुस भएको बताउनुभयो । शिक्षकहरू मर्यादित र जिम्बेवार भएर ऐन नियमावली को परिधिभित्र रहेर काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रम पूर्वखोला गाउ पालिका शिक्षा शाखाका प्राविधिक सहायक बिक्रम बस्नेतको संचालनमा भएको थियो ।


प्रकाशित : २०७८ कार्तिक १४ गते २१:०७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology