देउसी भैलोबाट उठेको रकम सामाजिक कार्यमा ।।

मायां राना मगर
प्रकाशित : २०७८ कार्तिक २४ गते ९:४९

पूर्वखोला गाउँपालिका २ जल्पा ढोलीमाराका युवाहरुले हरेक वर्ष आउने तिहार पर्वको अवसरमा विभिन्न कार्यक्रम गरी सामाजिक सेवामा देउसी भैलो बाट उठेको रकम विभिन्न संघ संथालाई सहयोग गर्दै आई रहेको छ । ढोली मारा देउसी भैलो समूह नाम ले परिचित यस समूहले गत वर्ष देउसी भैलो खेलेर महावीर पुन संस्था राष्ट्रिय आविष्कार केन्द्र को लागि १० हजार ५ सय ३९ रूपियाँ सहयोग गरेको थियो भने यस वर्ष देउसी भैलो बाट जम्मा भएको रकम जल्पा ढोलीमारा चुली डाँडा पर्यटन क्षेत्र विकाशको लागि नगद ३५ हजार रुपैयाँ स्थानीय संस्था सयारी युवा क्लब का अध्यक्ष श्रीधन कवरलाई एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ। देउसी भैलो मा उठेको चामल यही टोलका सबैभन्दा निम्न स्तरका परिवारलाई बुझाउँदै आएको समूहका संयोजक छक लाल आलेले बताउनु भयो। यसै अवसरमा यस समूहको सक्रियतामा सामाजिक विकृति,विसंगतिलाई समेट्दै ” पर्दा उघारी ” शीर्षक रहेको सडक नाटक समेत मञ्चन गरिएको थियो । सडक नाटक हेर्न बालबालिका देखि युवायुवती, वृद्ध सबै वर्गका व्यक्तिहरूको सहभागिता रहेको थियो ।


प्रकाशित : २०७८ कार्तिक २४ गते ९:४९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology