नेकपा (एमाले )पाल्पाले छान्यो १५ जना माधिवेशन प्रतिनिधि ।

Kandara News
प्रकाशित : २०७८ कार्तिक २७ गते २०:२६

पाल्पा – नेकपा एमाले, पाल्पाले महाधिवेशन प्रतिनिधि छनौट गरेको छ । एमालेले पाल्पा क्षेत्र नं. १ बाट ६ जना, क्षेत्र नं. २ बाट ७ जना र उत्पीडित क्षेत्रबाट २ जना गरी १५ जना महाधिवेशन प्रतिनिधि छनौट गरेको हो ।

एमालेले आगमी १० औँ महाधिवेशन चितवनमा गर्दैछ । महाधिवेशनका लागि पाल्पाबाट १५ जना प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरिएको नेकपा एमाले पाल्पाका अध्यक्ष नारायण प्रसाद आचार्यले जानकारी दिनुभयो ।

 

पाल्पा क्षेत्र नं. १ बाट झपेन्द्रबहादुर जिसी, राधाकृष्ण कँडेल, देवीलाल लामिछाने, विमल काफ्ले, कुविजा अर्याल र सरस्वती भट्टराई महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ । यस्तै पाल्पा निर्वाचन क्षेत्र २ बाट अशोककुमार शाही, रामबहादुर राउत, मोहन थापामगर, ओमबहादुर घर्ती, नविन थापा, नारायणी शर्माघिमिरे र गीता पाण्डेय चयन हुनुभएको छ ।

यस्तै उत्पीडित क्षेत्रबाट ठाकुरप्रसाद लोहागुन र दिवक विश्वकर्मा महाधिवेशनमा चयन हुनुभएको जिल्ला अध्यक्ष आचार्यले बताउनुभयो । महाधिवेशन प्रतिनिधिका लागि आवश्यकताभन्दा धेरै आकांक्षी भएपनि सहमतिमा प्रतिनिधि टुङ्ग्याइएको थियो अध्यक्ष आचार्यले बताउनु भयो ।


प्रकाशित : २०७८ कार्तिक २७ गते २०:२६

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology