कार्डस् कर्पोरेसन को अन्तरक्रिया कार्यक्रम नेपाली दूतावास कतारमा सम्पन्न ।

विकाश गैरे
प्रकाशित : २०७८ कार्तिक २७ गते २०:३३

कतार / कार्तिक २७       कन्सुलट एकसनप्लान अफ रेस्पोन्सिवल डेभलपमेन्ट सोसाइटि (कार्डस) ले कार्तिक २६ का दिन नेपाली राजदुतावास कतार को सभाहल मा व्यावसायिक कृषिमा सामुहिक लगानी विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा विभिन्न सङ-सस्था,बुद्धिजीवी,व्यावसायि ,बैचारिक संगठन तथा कतारमा कार्यरत श्रमिकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम को प्रमुख अतिथि कतारका लागी कार्यवाहक नेपाली राजदुत लक्ष्मण खनाल हुनुहुन्थ्यो । खनाल ले कार्यक्रममा बोल्दै कार्यक्रम विश्व भरिबाटै सन्चालन हुनु जरुरी रहेको बताउनु भयो । वैदेशिक रोजगारी भनेको मुलुक सन्चालन गर्ने एउटा पाटो हो तर दीर्घकालीन रुपमा यसको योगदान नहुनपनी सक्छ तेसैले बैदेशिक रोजगारी लाई दक्षता को लागि उपयोग गर्नुपर्ने पनि सुझाव दिनुभएको थियो। कृषी लाई व्यावसायिक कृषि को रुपमा अगाडि बढाउन पनि उहाले सुझाव दिदै कार्यक्रम सफलता को लागि शुभकामना ब्यक्त गर्नुभएको थियो। कार्यक्रम कार्डस् कर्पोरेसन का अध्यक्ष मोहन बहादुर कार्की क्षेत्री को अध्यक्षता मा संचालन भएको थियो । अध्यक्ष कार्की ले वैदेशिक रोजगारी को सिलसिलामा विभिन्न देश मा रहेका नेपाली हरु ले नेपाल मै लगानी गरि आत्मनिर्भर वन्नु पर्छ र रोजगारि को सृजना गर्नु पर्छ भन्ने उदेश्य ले खोलिएको कमपनी हो कार्डस् भन्दै कम्पनी को वारेमा प्रस्ट पार्नुभएको थियो । बहुसंख्यक रूपमा खाडीमा कार्यरत श्रमिकको प्रत्यक्ष लगानी रहेको पनि अध्यक्ष कार्किले बताउनुभयो । यसै गरि कृषि,ट्राभल्स एन्ड टुर,होटल र बिल्डिङ कन्ट्रक्सन लाई निकट भविस्य मा अगाडि वढाउने तर अहिले कृषी बाट व्यावसाय सुरु गरेको पनि उहाले बताउनु भयो । कम्पनी को कार्ययोजना र विवरण भने कम्पनी का योजनाकार प्रमुख तथा कार्डस् अर्गनाइजेसन कतारका अध्यक्ष कृष्ण पन्थिले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम कार्पोरेसन का प्रबक्ता तथा अन्तर्राष्ट्रिय अर्गनाइजेसनका वरिष्ठ उपाध्यक्ष दिप जङ्ग शाह ले सन्चालन गर्नुभएको थियो ।


प्रकाशित : २०७८ कार्तिक २७ गते २०:३३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology