हरीवोदनी एकादशीको अबसरमा जल्पामा ठूलो नाच प्रदर्शन ।

मायाँ राना
प्रकाशित : २०७८ कार्तिक ३० गते १:०६

कार्तिक २९ , पूर्वखोला जल्पा
समुदायमा लोपउन्मुख रहेका संस्कृति जगेर्ना गर्ने उद्देश्यले पूर्बखोला २ जल्पा ढोलीमारामा हरिबोधनी एकादशी को अवसरमा मारूनी, ठूलो नाच प्रदर्शन गरिएको छ, विभिन्न धार्मिक स्थलहरूमा मेला लागि रहेको समयमा, यहाँका समुदायले भने आफ्नै गाउँको नयाँ पुस्तामा संस्कृति सिकाउनको लागि पनि यो कार्यक्रमको आयोजना गरेको मारूनी नाचका संयोजक मिन बहादुर बारघरेले बताउनु भयो। निकै लामो समय देखाउन नसकिएको मारूनी नाच , हजुरबुवाको पालामा दशैं, तिहार, एकादशी जस्ता पर्वहरूमा भगवानको नामले पुजेर विधि विधान पूर्वक नाचिने र अन्त्य गरिन्थो, भने यस पटक पुनार्ताजकियको लागि एकादशीको दिन मात्र प्रदर्शन गरिएको आयोजक संस्था सयारि युवा क्लब का नी वर्तमान अध्यक्ष पहल सिंह घर्ती ले बताउनु भयो। विशेष गरी मगर समुदायमा नाचिने मारूनी नाच एक जना पूर्सुङ्गे,महिलाको भेषमा ४ जना देखि माथि आवश्यकता अनुसार मारूनी र
२ जना मादले मिलेर नाचिने सामूहिक नाचको रूपमा चिनिन्छ ।


प्रकाशित : २०७८ कार्तिक ३० गते १:०६

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology