अनेमसंघ वीरकोटको अधिवेशन सम्पन्न ।।

सिमा श्रेष्ठ
प्रकाशित : २०७८ कार्तिक ३० गते १९:०१

वीरकोट ,पाल्पा
अखिल नेपाल महिला संघको प्रथम वडा अधिबेशन वीरकोटमा सम्पन्न भएको छ । अखिल नेपाल महिला संघको प्रथम अधिवेशन बाट अध्यक्षमा साबित्रा देवी झेडी थापा , उपाध्यक्षमा हिम कुमारी श्रेष्ठ , सचिबमा निर्मला सिंजाली, उप सचिब कलामा रुचाल र यानीसरा ठकुरी सहितको २९ सदस्यको अखिल नेपाल महिला संघको वडा कमिटि गठन गरेको छ । कार्यक्रमका प्रमुख अतिथी  पूर्बखोला गाउँ पालिका अध्यक्ष नुन बहादुर थापाले हरेक पक्षको अवसर प्राप्त गर्नको निम्ति काम गरेर मात्रै हुदैन , गाँस, बास, कपास मात्र पनि हुदैन यसको लागि राजनिती पनि जान्नु पर्छ  राम्रो र नराम्रो छुट्याउन सक्नु जरुरी छ भन्दै नयाँ निर्वाचीत पद्वाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनु भयो । कार्यक्रममा पूर्बखोला गाउँ पालिकाका उपाध्यक्ष तथा नेकपा एमाले  जिल्ला कमिटीका सदस्य भागीरथी भट्टराई ,  नेेेकपा एमाले     जिल्ला कमिटीका सल्लाकार सदस्य मुक्त बहादुर थापा, पार्बती हिताङ,   शिव श्रेष्ठ ,   एमालगा .पा का सचिबालय सदस्य कृष्णप्रसाद श्रेष्ठ याम बहादुर सारु लगायत सबैले बधाई तथा शुभकामना मन्तव्य दिनु भयो । पार्टी का वडा सह सचिब इन्द्रा बारघरेको संचालन र गा.पा. का नेकपा  एमाले पार्टी सद्स्य    रुमी दिसुवाको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रम जिल्ला कमिटीका सदस्य साबित्रा थापाको अध्यक्षतामा चलेको हो ।


प्रकाशित : २०७८ कार्तिक ३० गते १९:०१

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology