प्रेस सेन्टर नेपाल पाल्पाको चौथो सम्मेलन सम्पन्न, अध्यक्षमा कृष्ण दर्नाल

अमृत काम्मु मगर
प्रकाशित : २०७८ मंसिर १ गते १४:३०

प्रेस सेन्टर नेपाल,पाल्पा शाखाको चौथो सम्मेलन आज तानसेनमा सम्पन्न भएको छ ।
‌कार्यक्रमका प्रमुख अतिथी प्रदेशसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र),लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक तुलाराम घर्ती मगर “बसन्त” ले शुभकामना मन्तव्य दिनु हुँदै राजनैतिक,सामाजिक व्यवस्था निर्माणको लागि प्रेसको महत्त्वपूर्ण भुमिका रहने कुरा बताउनुभयो । हिंजोको जनयुद्ध कालदेखि विस्तृत शान्ति सम्झौता,संविधान निर्माण हुँदै संसदीय अभ्यासमा समेत प्रेस सेन्टरको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै घर्तीले अझै पनि राजनैतिक व्यवस्था मजबुत नभएको हुँदा व्यवसायिक पत्रकारिता संगसंगै मिशन पत्रकारिता पनि आवश्यक रहेको बताउनुभयो । “हिजो तत्कालीन माओवादीले गरेको जनयुद्धकालमा जनादेश पत्रिकाको माध्यमबाट पार्टीका नीति,कार्यक्रम तथा विचारहरुमा जनतामाझ पुग्थे । लुकिलुकी पत्रिका पढ्नुपर्ने बाध्यता थियोे । तर त्यहीँ पत्रिका पढेकै आधारमा धेरै जना जनयुद्धमा लाग्नुभएको इतिहास छ,तपाईंहरुले पनि सरकारले,पार्टीले गरेका उत्कृष्ट कामहरुलाई जनता समक्ष प्रचार गर्न जरुरी छ,गल्ती कमजोरीमा सचेत गराउनुपर्छ ।” घर्तीले भन्नुभयो । फरक प्रसंगमा प्रमुख अतिथि घर्तीले माओवादी गुणात्मक विकासमा विश्वास गर्ने पार्टी भएको दाबी गर्नुभयो । देश माओवादी एजेन्डामै अगाडी बढीरहेकोले पार्टी कार्यकर्ताहरु कोही पनि नआत्तिन आग्रह गर्नुभयो । “माओवादी ईमान्दार मान्छेहरुको पार्टी हो,हामी ढाँट्न,छल्न,प्रलोभन देखाउन,आश्वासन दिन जान्दैनौं । जे गर्न सक्छौं,त्यो मात्रै भन्छौं त्यसेैैैले म माओवादी पार्टीको कार्यकर्ता हुँ,भन्न डराउनुपर्ने हिचकिचाउनुपर्ने केही छैन । खुलेर पार्टीको पक्षमा जनमत सिर्जना गर्नुस ।” घर्तीले भन्नुभयो ।
कार्यक्रमका विशेष अतिथि नेकपा (माओवादी-केन्द्र) जिल्ला समिती,पाल्पाका अध्यक्ष नेत्र प्रसाद पाण्डेले मिडियाको विकासका लागि आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विशेष अतिथी पाण्डेले राजनीतिमा युवाहरूको सक्रियता हुनुपर्नेमा समेत जोड दिनुभएको थियोे । अर्का विशेष अतिथि प्रेस सेन्टर नेपाल,लुम्बिनी प्रदेश ईञ्चार्ज तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह वि क ले प्रेस सेन्टरले राष्ट्रिय रुपमा खेलेको भुमिकाको उल्लेख गर्नुहुँदै,पाल्पा शाखाको भुमिकालाई उच्च प्रशंसा गर्नुभयो । उहाँले प्रदेशभरिमै प्रभावकारी भुमिका बहन गर्न सकेको स्मरण गराउनुहुँदै आफुले गर्न सक्ने सबै सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।


सम्मेलनले २१ सदस्यीय प्रेस सेन्टर नेपाल,पाल्पा जिल्ला कार्यसमिति चयन गरेको छ । जसको अध्यक्षमा कृष्ण दर्नाल,उपाध्यक्षहरु सीता गाहा र नवराज ज्ञवाली,सचिव अमृत अधिकारी,सह-सचिव अमृत काम्मु र डोलराज वि क,कोषाध्यक्ष कमल अधिकारी सदस्यहरु विकास काफ्ले,सुमन गाहा,प्रवेश पन्थी,संगिता आचार्य,कमल गैरे,निरज सुनारी,रामराज ज्ञवाली,सुरज के सी,रिजन राना,जुना आचार्य,विश्वराज आचार्य रहेका छन ।
‌कार्यक्रममा पुर्व अध्यक्षहरु जीवलाल न्यौपाने,रेखिराम राना,अखिल क्रान्तिकारीका जिल्ला संयोजक पदम सोमै,वाई सि एल नेपालका जिल्ला संयोजक नवराज बस्याल,गणेश ज्ञवाली,प्रतीक्षा सिंजाली,नारायण कार्की,भोजराज भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे । प्रेस सेन्टर नेपाल,पाल्पा शाखाका संयोजक कृष्ण दर्नालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सीता गाहाले स्वागत मन्तव्य राख्नुभएको थियोे । कार्यक्रमको सञ्चालन अमृत अधिकारीले गर्नुभएको थियोे ।


प्रकाशित : २०७८ मंसिर १ गते १४:३०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology