रिङ्नेरहमा आलुको बीउ शत प्रतिशत अनुदाममा वितरण ।।

छवि पंगेनी
प्रकाशित : २०७८ मंसिर २ गते १४:२०

पूर्वखोला गाउँपालिका कृषि शाखा र हेफरको सहकार्यमा उपभोक्ता समूह द्धारा पुर्वखोला गाउँपालिका वडा नं -३ रिङ्नेरहले आलुको बीउ वितरण गरेको छ। पुर्वखोला गाउँपालिका वडा नं -३ का कार्यबाहक अध्यक्ष हिरा बहादुर ढेंगाको संयोजकत्वमा जनक देब जातको आलुको बीउ वितरण गरेको हो । पूर्वखोला गाउपालिका वडा नं ३- भरिका समुहमा आवद्ध ५० जना महिलाहरुलाई ६०० के जि आलुको बीउ सत प्रतिसत अनुदानमा वितरण गरिएको पूर्वखोला गाउँपालिकाका कृषि प्राविधिक सन्तोस कडेलले बताउनु भयो । आलुको बीउ गाउँपालिका भरी ३६०० किलो वितरण गर्ने कार्यक्रम रहेको शाखा प्रमुख कडेलले बताउनु भयो । लुम्बिनी प्रदेशका कृषि विशेषज्ञ कमान सिं थापाले आलु रोप्ने तथा कसरी उत्पादन लिने तरीकोको बारेम उपभोत्ता हरुलाई जानकारी गनाउनु भएको भयो ।


प्रकाशित : २०७८ मंसिर २ गते १४:२०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology