नेकपा (माओवादी केन्द्र)पुर्वखोलाका वडा सम्मेलनहरु सम्पन्न

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ मंसिर ४ गते १९:३६

पाल्पा,पुर्वखोला

४ मंसिर

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र),पुर्वखोला गाउँपालिका अन्तरगत ६ वटै वडाको वडा सम्मेलन सम्पन्न भएको छ ।
गाउँपालिका भित्रको सम्पूर्ण वडाको वडा समिति घोषणा कार्यक्रमका प्रमुख अतिथी नेकपा(माओवादी केन्द्र),पूर्वखोला गाउँपालिका ईञ्चार्ज लिला सोमैले माओवादी जनताको पार्टी भएकोले सबै जनता माओवादीकै झण्डा मुनि गोलबन्द हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले संघियता,गणतन्त्र,धर्मनिरपेक्षता,समावेशीता जस्ता अग्रगामी एजेण्डाहरु माओवादी पार्टीले नै स्थापित गरेको तथा सिंहदरबारको अधिकार गाउँ गाउँ सम्म ल्याउन सफल भएको दाबीसमेत गर्नुभयो । विभिन्न स्थानमा सम्पन्न वडा अधिवेशनबाट वडा नं.१, सिलुवामा राजु पंगेनीको अध्यक्षतामा १५ सदस्यीय,वडा नं.२ जल्पामा ज्ञान बहादुर वि.क.को अध्यक्षतामा २१ सदस्यीय,वडा नं. ३,रिङ्नेरहमा भिम बहादुर सारुको अध्यक्षतामा १५ सदस्यीय,वडा नं. ४ देवीनगरमा राम बहादुर परियारको अध्यक्षतामा ११ सदस्यीय,वडा नं. ५,वीरकोटमा चन्द्र बर्मेलीको अध्यक्षतामा २९ सदस्यीय,वडा नं. ६ हेक्लाङमा हरि बारघरेको अध्यक्षतामा १५ सदस्यीय वडा समिति निर्वाचित भएको निर्वाचन समिति संयोजक थर्क बहादुर काम्मुले बताउनुभएको छ ।
चन्द्र बर्मेलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम संगीत मगरांतीको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७८ मंसिर ४ गते १९:३६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology