लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान आज बाट शुरु ।।

रभा भन्डारी / डिल्ली पंगेनी
प्रकाशित : २०७८ मंसिर ९ गते २०:०५

लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान आज बाट शुरु ।।
मंसिर ९
आज देखि महिला हिंसा विरुद्धको १६ दिने अभियाना सुरु भएको छ । ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ आज देखि अभियान सुरू हुन लागेको हो । २०७५ साल मंसिर २ गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा मंसिरको ९ गतेदेखि २४ गतेसम्म सामाजिक सचेतनासहित लैंङ्गिक हिंसा विरुद्घको अभियान सञ्चालन गर्न संघीय सरकारका मन्त्रालय तथा निकायहरु, ७ वटा प्रदेश सरकार, ७७ वटै जिल्ला समन्वय समिति, ७ सय ५३ स्थानीय तह एवं त्यसका वडाहरु सरोकारवाला निकायहरु, सामाजिक संघसंस्थाहरुलाई आह्वान गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सबै निकायहरुले विभिन्न कार्यक्रमको आयोजना गरी लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सञ्चालन गर्दै आएको छ । यसै विच रामपुर नगरपालिकाले ले पनि आज बाट लैगिङहिसा विरुद्ध कर्मचारी ,सेवाग्राहि लाइ प्रतिबद्धता स्वारुप हताक्षयर गराएर महिला हिंसा विरुद्धको १६ दिने अभियाना सुरु गरेको रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गगालाल सुबेदिले बताउनु भएको छ ।
साथै वहाले अझै पनि महिलाहरूले कानूनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, छुवाछूतजस्ता हिंसा, विभेद र अपमानजन्य पीडा खप्न बाध्य भएको बताउदै लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धतासहितको साझा प्रतिबद्धता जनाउँदै समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्नत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन रामपुर नगरपालिकाले सबैमा हार्दिक आह्वान गरेको छ । साथै रामपुर नगरपालिकाले १६ दिने अभियानकै समयमा लैगिक हिसामा परेका नागरीकहरुले नगरपालिककाको महिला साखामा निबेदन दर्ता गराएर हिसामै परेका हरुलाइ आर्थिक उद्धार समेत गर्ने साहायक महिला विकास निरिक्षक पुजा परियारले बताउनु भएको छ । पूर्वखोला गाउँपालिकाले पनि आजै बाट लैगिक हिंसा बिरुद्धको अभियान को उद्घाट गरेको छ । उद्घाटन सगै पूर्वखोलाको सबै वडा हरुमा यस अभियान मनाउने पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराईले बताउनु भयो ।


प्रकाशित : २०७८ मंसिर ९ गते २०:०५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology