विद्रोह कम्युनिष्ठ आन्दोलन बचाउन हो – साम्सद पाण्डे

रमा भण्डारी
प्रकाशित : २०७८ मंसिर ११ गते १९:४५

मंसिर ११ , रामपुर पाल्पा

रामपुर पल्पाको नगर अधिबेसनमा पाल्पा क्षेत्र नम्वर २ का साम्सद पुर्व उद्योग मन्त्रि सोमप्रसाद पाण्डेले बोल्दै पाटिको पद्धति र सिद्धान्त बिर्सेएर अगाडि बढेको ओलि प्रबृतिको विद्रोह हो हाम्रो विद्रोह कम्युनिष्ठ आन्दोलन र इतिहास बचाउनका लागि हो भन्नु भयो ।

भेला बाट नगर कमिटि गठन गरिएको छ ।
नव गठित नगर कमिटिलाइ नेकपा एकिकृत समाजबादिका पोलिट्वियुरो सदस्य सोमप्रसाद पाण्डेले सफत ग्रहण गराउनु भएको हो ।
कानुन न्याय महिला तथा जेष्ठ नागरीक लुम्विनी प्रदेशका मन्त्री रमा घर्तिले बोल्दै दुइ तिहाइको सरकार बैरगमन गर्नै ओली प्रबृतिको विद्रोह मा हामी छौ एकलौटि प्रबृति, दम्भको भरमा पछि लाग्दा कम्युनिष्ठ आन्दोलन धरापमा पर्छ कि भन्दै यसरी देशमा कम्युनिष्ठ नै सखाप हुन्छ अव यस्तो प्रबृतिको हावि हुन नदिन विद्रोह गरेको बताउनु भयो ।

नेकपा एकिकृत समाजबादि रामपुर पाल्पाको नेता कार्यकर्ता हरुको भेला बसेको छ । रामपुर नगर संयोजक फणेश्वर गौतमको अध्यक्षतामा बसेको भेलाले नेकपा एकिकृत समाजबादि को नगर कमिटि चयन गरेको छ । भेलाले फणेश्वर गौतम अध्यक्ष रहेको ४१ सदस्सीय नगरकमिटि चयन गरेको हो । जसको उपाध्यक्षमा रामप्रसाद भण्डारी, सचिवमा विष्णु प्रसाद लम्साल उपसचिवमा ऋषिराम खनाल र अन्य सदस्यमा चयन गरेको छ ।

कार्यक्रममा केन्द्रिय कमिटि सदस्य राजेन्द्र लक्ष्मी गहिरे , सल्लाहकार लखनाथ पोखरेल, पदम अर्याल , जिल्ला कमिटि अध्यक्ष कमल पाण्डे, जिल्ला कमिटि सदस्य इश्वरी श्रेष्ठ लगाएतले बोल्दै नव गठित नगर कमिटिलाइ सफल कार्यकालको शुभकामना समेत दिनुभएको छ । कार्यक्रमको संचालन जिल्ला कमिटिका सचिव मोहोन लाल गहिरेले गर्नु भएको हो ।


प्रकाशित : २०७८ मंसिर ११ गते १९:४५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology