नेकपा माओवादी रामपुरको सम्मेलन सम्पन्न , अध्यक्षमा पुन: सुनार

रमा भण्डारी
प्रकाशित : २०७८ मंसिर ११ गते २०:०८

नेकपा माओवादी रामपुरको सम्मेलन सम्पन्न , अध्यक्षमा पुन सुनार
मङ्सिर ११, रामपुर पाल्पा

पाल्पा – नेकपा माओवादी केन्द्र रामपुर पाल्पाको नगर सम्मेलन सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन अन्तर्गतको नगर सम्मलेन शनिबार सम्पन्न भएको हो । नेकपा माओवादी केन्द्र रामपुर नगर कमिटिको पुनगठन गर्दै सम्मेलन सकिएको छ ।
सम्मेलनले पुन यम बहादुर सुनार अध्यक्ष रहेको ६५ सदस्यिय नगर कमिटि पुन गठन गरेको हो । जसको उपाध्यक्षमा पदम बहादुर अधिकारी , लक्ष्मी ढकाल र विर बहादुर कुमाल , सचिवमा पिताम्बर भट्टराई , सहसचिवमा जयलाल विक , कोषाध्यक्षमा श्याम प्रसाद भट्टराई र अन्य सदस्यमा रहनु भएको छ ।
नेकपा माओवादी केन्द्र रामपुर नगर कमिटिका अध्यक्ष यम बहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रम नेकपा माओवादी केन्द्र निर्वाचन क्षेत्र नं. १ पाल्पाका अध्यक्ष कमलराज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले पार्टिको संगठन सुदृढिकरणका लागी लाग्न आग्रह गर्दै नवगठित कार्य समितिलाई बधाई सहित सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।
शहिद बहुमुखि क्याम्पस रामपुर ७ किसानबारीमा भएको कार्यक्रममा नगर सम्मेलन निर्वाचन मण्डलका अधिकृत शालिकराम भट्टराई , एकिकृत अखिल नेपाल शिक्षक संगठन प्रदेश कमिटि सदस्य भानु न्यौपाने , नेकपा माओवादी केन्द्र रामपुर ७ का अध्यक्ष रमेश शुनार , वडा नं. ८ का अध्यक्ष अमृत विक , नगर कमिटि सदस्य गिता विकले बोल्दै पार्टिलाई मजबुद बनाउन सवै कार्यकर्ता एक भएर लाग्नु पर्ने बताउदै नवगठित कार्य समितिका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिनु भएको थियो । नेकपा माओवादी केन्द रामपु नगर कमिटिका सदस्य लक्ष्मी ढकालको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन सचिव पिताम्बर भट्टराईले गर्नु भएको थियो ।


प्रकाशित : २०७८ मंसिर ११ गते २०:०८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology