नेकपा माओवादी केन्द्र,पुर्वखोलाको प्रथम सम्मेलन सम्पन्न,अध्यक्षमा लिला सोमै

अमृत काम्मु मगर
प्रकाशित : २०७८ मंसिर १२ गते १८:०५

पुर्वखोला,पाल्पा,११ मंसिर

नेकपा(माओवादी केन्द्र),पुर्वखोला गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी नेकपा(माओवादी केन्द्र),पुर्वखोला ईञ्चार्ज लिला सोमैले देशको परिवर्तनकारी एजेन्डाको बाहक माओवादी पार्टी भएकोले सबै जनताहरु माओवादी पार्टीमै गोलबन्द हुनुको विकल्प नरहेको बताउनुभयो । समानुपातिक प्रतिनिधित्व,संघियता,धर्मनिरपेक्षता,गणतन्त्र माओवादीको एजेन्डा भए पनि नेतृत्व माओवादीको हातमा नरहेकोले अझै पनि प्रतिगमनको खतरा रहेको समेत सोमैले बताउनुभयो । हिजोको राज्यसत्ताले महिलाहरूलाई बच्चा जन्माउने मेशिनको रुपमा मात्रै हेरेको तर माओवादी आन्दोलनले महिलाहरुले आवश्यक परे बम,बन्दुक र बारुद चलाउन पनि सक्छन् भन्ने स्थापित गरेको उहाँले बताउनुभयो । “आज महिलाहरुलाई पनि नेपाली सेनामा भर्ना लिन थालिएको छ,यो माओवादीले सिकाएको हो । दशवर्षे जनयुद्धमा महिलाहरुले देखाएको साहसको परिणाम हो ।” सोमैले भन्नुभयो ।


जनयुद्धका पुर्णकालिन कार्यकर्ता कृष्ण खनाल”किशोर”ले संख्यामा कम भएपनि माओवादीमा विचारप्रति दृढ र ईमान्दार मान्छेहरु रहेकोले कसैले हिनताबोध महसुस गर्ने वा निराश हुनु नपर्ने बताउनुभयो ।
सम्मेलनबाट लिला सोमैको अध्यक्षतामा २५ सदस्यीय नेकपा (माओवादी केन्द्र) पुर्वखोला गाउँ समिति सर्वसम्मत निर्वाचित भएको छ। त्यस्तै सोही अवसरमा वाईसीएल,मगर राष्ट्रिय मुक्तिमोर्चा,दलित मुक्ति मोर्चाको समेत प्रथम सम्मेलन सम्पन्न भएको छ । कार्यक्रममा तेजेन्द्र सिंजाली,चन्द्र बर्मेली,धातानन्द भट्टराई,भिम बहादुर सारु,हरि बारघरे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको बिचबिचमा जनवादी सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।


सम्मेलनबाट निर्वाचित पदाधिकारीहरु
नेकपा(माओवादी केन्द्र),पुर्वखोला गाउसमिति
अध्यक्ष-लिला सोमै
उपाध्यक्ष-तेजेन्द्र सिंजाली,कृष्ण खनाल,चन्द्र बर्मेली
सचिव-अमृत मगराँती
सह-सचिव-हरि बहादुर बारघरे
कोषाध्यक्ष-धातानन्द भट्टराई

वाईसीएल नेपाल,पुर्वखोला गाउँ समिति
ईञ्चार्ज-विजय नेपाली
अध्यक्ष-दल बहादुर काम्मु
उपाध्यक्ष-काशिराम खनाल
सचिव-कमल काम्मु
कोषाध्यक्ष-विष्णुमाया काम्मु

मगर राष्ट्रिय मुक्ति मोर्चा
ईञ्चार्ज-तेजेन्द्र सिंजाली
अध्यक्ष-भिम बहादुर सारु
उपाध्यक्ष-कोम बहादुर काम्मु
सचिव-हरि बारघरे
कोषाध्यक्ष-देवी काम्मु

दलित मुक्ति मोर्चा
ईञ्चार्ज-चन्द्र बर्मेली
अध्यक्ष-विष्णु नेपाली
उपाध्यक्ष-राम बहादुर नेपाली
सचिव-मुक्त बहादुर विक
कोषाध्यक्ष-सरिता विक


प्रकाशित : २०७८ मंसिर १२ गते १८:०५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology