ग्लोबल आइएमईको वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग सम्बन्धी कार्यक्रम रामपुरमा सम्पन्न ।।

रमा भण्डारी
प्रकाशित : २०७८ मंसिर १३ गते १९:३३

मंसिर १३ , रामपुर पाल्पा

बढ्दो डिजिटल बैंकिङ्ग सेवाको उच्चतम प्रयोग संगै सुरक्षित र प्रभावकारी कसरी बनाउने भन्ने बारेमा सचेतना जगाउनका लागि ग्लोबल आइएमई बैंक लिमिटेडल कार्यक्रम गरेको हो । ग्लोबल आइएमई बैंक लिमिटेडले रामपुरमा वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग सम्बन्धी पहिलो कार्यक्रम सम्पन्न गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेड कर्पोरेट कार्यालय काठमाडौं, लुम्बिनी प्रदेश कार्यालय र रामपुर शाखा कार्यालयको समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रममा ग्लोबल आइएमई बैंक लिमिटेड कर्पोरेट कार्यालयका डिजिटल बैकिङ्ग म्यानेजर मनिन्द्रराज जोशीले बैंकले डिजिटल माध्यम बाट प्रदान गर्दै आएका सेवाहरुको बारेमा जानकारी गराउँदै त्यसको प्रयोग गर्ने तरिकाको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेविड कार्ड, क्रेडिट कार्ड, मर्चेन्ट सेवा, वालेट सेवा, क्युआर सेवालाई कसरी सुरक्षित र प्रभावकारी बनाउन सकिन्छ भन्ने बारे जानकारी गराउनु भएको थियो । पछिल्लो समय मोवाईल मार्फत विभिन्न प्रलोभन देखाएर ठगी गर्ने गिरोहहरुले बैंकको नाम लिएर खाता नं. र ओपिटी कोड माग्ने घटनाहरु भैरहेकाले यस्ता आश्वासनको पछि नलाग्न अनुरोध गर्नु भएको छ । होटेल न्यू श्रीनगरको सभाहलमा भएको कार्यक्रममा रामपुर क्षेत्रका उद्योगी, व्यवसायी, विभिन्न पेशामा आवद्ध बैंकका ग्राहाकहरुको सहभागीता रहेको थियो । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले यस्ता सचेतना मुलक कार्यक्रमहरु समय समयमा सञ्चालन हुनु आवश्यक रहेको बताउनुभयो । ग्लोबल आइएमई बैंक लिमिटेड रामपुर शाखाका प्रबन्धक बाबुराम लम्सालले मोबाईल बैंकिङ्गको विस्तार संगै सुरक्षित सेवाको लागि साक्षरता संस्थागत उत्तरदायित्व अन्तर्गत कार्यक्रम गरिएको बताउनुभयो । बैंकको बारेमा ग्लोबल आइएमई बैंक लिमिटेड रामपुर शाखाका रिलेशनसिप म्यानेजर कृष्ण प्रसाद भट्टराईले जानकारी गराउनु भएको थियो । कार्यक्रममा सहभागीहरुलाई कर्पोरेट अफिसका कर्मचारी डिपि ढुङ्गेल धन्यवाद ज्ञापन गर्नु भएको थियो ।


प्रकाशित : २०७८ मंसिर १३ गते १९:३३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology