माथागढीमा महिला हिंसा विरुद्ध को अभियान रहवास बाट सुरुवात ।।

मायाँ बस्याल
प्रकाशित : २०७८ मंसिर १३ गते २०:४३

माया बस्याल , मंसिर १४

माथागढी गाउँपालिका महिला , बालबालिका तथा जेष्ठ नागरिक शाखाको अायाेजना तथा बेस नेपाल सुअाहारा कार्यक्रमकाे सहयोग एवम माथागढी गाउँपालिका वडा नम्बर ७ रहबासकाे समन्वयमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान कार्यक्रम मनाउन अाज रहबास बाट सुरु गरिएको छ ।
कार्यक्रमका अवसरमा गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले महिलाहरुकाे अधिकारमा पहुँच त पुगेको तर पनि अझै सहने बानी परिबन्दले बाधिएर बस्नु पर्ने बाध्यताले गर्दा हिंसा सहनु पर्ने बाध्यतामा रहेको बताउनु भयो ।

महिलाहरु मात्र घरेलु हिंसाको सिकार नभएर पुरुषलाई समेत घरेलु हिंसा सहन बाध्य हुनु परेको बताउनु भयो । भट्टराईले सामाजिक परिवेशलाई सबै मिलेर हटाइ नमुना समुदाय बनाउन जाेड दिनुपर्ने कुरालाई जाेड दिनु भएको थियो ।

वडा नम्बर ७ वडा अध्यक्ष जंग बहादुर थापाले समुदायमा अझै हिंसा छ , हामीले धेरै अभियान सञ्चालन गरेता पनि अझै निर्मुल हुन नसकेको साथै हिंसालाई अा अाफ्नाे घरबाटै हटाउनु पर्ने कुरामा जाेड दिनु भएको थियो साथै वडा कार्यालयमा धेरै किसिमका हिंसाका घटना अाउने त्यसलाई मेलमिलाप समितिले मिलाउने नमिल्दा केशलाई रिफर गरिएको बताउनु भयो ।

सचेतना कार्यक्रमका प्रशिक्षक माया बस्यालले यस बर्षकाे राष्ट्रिय नारा ” घरबाट सुरु गराैं,महिला हिंसा बन्द गराैं” नारालाई अात्मसात गर्दै हिंसा घरबाटै सुरु हुने र त्यो हिंसा राेक्न नसकेकोमा सामाजिक परिवेशमा नै विकराल रुप लिने र सबै हिंसाको परिणाम मानसिक हिंसा हुने र मानसिक हिंसाले अात्महत्या गराउने हुदा हिंसात्मक क्रियाकलाप र हिंसाका घटनालाई बेलैमा समाधान गर्न र सकारात्मक साेचकाे विकास समुदायमा गर्नुपर्ने कुरामा जाेड दिनुभएको थियो ।
साथै घरेलुु हिंसा भित्र पनि विभिन्न हिंसाहरु हुनेहुदा हिंसालाई निराकरण गर्न , म हिंसा गर्दिन , म हिंसा सहन्न,र हिंसा देखेमा प्रतिकार गर्छु अावाज उठाउछु भन्ने प्रतिबद्धता सहित प्रशिक्षणलाई पूर्णता दिनुभएको थियो ।

प्रशिक्षक यवम् महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखा संयाेजक पुनम चिदिले लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान कार्यक्रम नेपालमा मनाउन थालिएको सुरुवाती अवधारणा सहित हिंसा भएको थाहा पाएमा ९० दिन भित्रै उजुरी दिनु पर्ने , हिंसाका प्रकारहरु , हिंसा थाहा पाउने माध्यमकाे पाटाेलाई सैद्धान्तिक रुपमा प्रष्ट पार्नु भएको थियो ।

कार्यक्रम अवसरमा गाउँपालिका सदस्य तारा रसाइलीले हिंसा नसहन र देखेमा प्रतिकार गर्ने अाग्रह सहित कार्यक्रममा शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा सहभागीका तर्फबाट मन्जु परियारले अाफु अाज सम्म पहिलो पटक यस्तो कार्यक्रममा बसेकाे र कार्यक्रम निकै प्रभावकारी रहेको साथै अाफुले सिकेका कुरा समुदायमा पनि सिकाउने साथै हिंसा नसहने प्रतिकार गर्ने जस्ता कुराहरुमा प्रतिबद्धता समेत जनाउनु भएको थियो ।
कार्यक्रमका अवसरमा म हिंसा गर्दिनँ , म हिंसा सहन्न, र देखेमा प्रतिकार गर्छु , अावाज उठाउछु भन्ने प्रतिबद्धता पत्रमा सबै सहभागी टिम अतिथि लगाएतले हस्ताक्षर समेत गर्नु भएको थियो ।

कार्यक्रम पुनम चिदीकाे सञ्चालन ,वडा सदस्य हुमकुमारी परियारको स्वागत मन्तव्य र गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हाे ।


प्रकाशित : २०७८ मंसिर १३ गते २०:४३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology