वित्तीय साक्षरता तथा डिजिटल बैकिङ्ग कार्यक्रम रम्भामा सम्पन्न।

जसु रुचाल
प्रकाशित : २०७८ मंसिर १४ गते २१:२४

वित्तीय साक्षरता तथा डिजिटल बैकिङ्ग कार्यक्रम रम्भामा सम्पन्न।
१४, मंसिर /ताहु, पाल्पा
ग्लोबल आईएमई बैंक लिमिटेड ले वित्तीय साक्षरता तथा डिजिटल बैकिङ्ग सम्बन्धी कार्यक्रम रम्भा गाउँ पालिका ५,ताहुँमा सम्पन्न गरेको छ। आधुनिक डिजिटल प्रविधिको युगमा कसरी सुरक्षित र भरपर्दो तरिकाले प्रयोग गर्ने भन्ने विषयमा चेतनामुलक कार्यक्रम भएको हो।
ग्लोबल आईएमई बैंक हेड अफिस डिजिटल बैकिङ्ग म्यानेजर मनिन्द्र राज जोशीले बैंकले डिजिटल माध्यमवाट प्रदान गर्दै आएका सेवा, सुविधालाई प्रयोग गर्ने को बारेमा सिकाउनु भएको थियो। उहाँले क्युआर सेवा, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड सम्बन्धी जानकारी गराउनुभएको थियो। अहिलेको समयमा मोबाइलमा लोभलालच देखाएर ठगी गर्नेहरुले खाता न. र ओपिडी कोड माग्ने घटनाहरु भइरहेकाले यस्ता खालका दिदै ओपिडी कोड, पासवर्ड, पिनकोड कसैलाइ नदिन अनुरोध गर्नुभयो। उक्त कार्यक्रममा रम्भा नमुना उच्च माध्यमिक विद्यालयका शिक्षक तथा म्यानेजमेन्ट संकायका विधार्थीहरु र व्यवसायिहरुको सहभागिता रहेको कार्यक्रममा हेड अफिस बजार व्यवस्थापन विभागका दिप्ती ढुङ्गेल र ग्लोबल आईएमई बैंक ताहुँ शाखा प्रमुख प्रविण देव पन्तले सहजीकरण गर्नुभएको थियो। साथै प्रिपेड र पोसपेड सिम चलाउने ग्राहकहरुले मोबाइल बैंकिङको ग्लोबल स्मार्ट एप चलाउदा निशुल्क इन्टरनेट सुविधा पाउने सेवा सुविधा पनि रहेको प्रशिक्षणको क्रममा बताईएको थियो ।


प्रकाशित : २०७८ मंसिर १४ गते २१:२४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology