अन्धकार मुक्ति बचत तथा ऋण सहकारीको सेवा केन्द्रको २३औ साधारण सभा सम्पन्न ।।

रमा भण्डारी
प्रकाशित : २०७८ मंसिर १५ गते २१:०५

अन्धकार मुक्ति बचत तथा ऋण सहकारीको सेवा केन्द्रको २३औ साधारण सभा सम्पन्न ।।
मंसिर १५ , पाल्पा
अन्धकार मुक्ती बचत तथा ऋण सहकारी सस्थाको सेवा केन्द्र स्तरीय रामपुर १० रामटार सेवा केन्द्रको २३ औ बाषिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमका मुख्य पाहुना रामपुर नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष लिला बहादुर गाहाले बोल्दै सहकारीले गरेको कामको प्रशसा गदै पाल्पा जिल्लामै ठुलो सहकारी हो र हाम्रो सहकारी हो भन्ने खालका काम गदै गएको भन्नु भयो । २०५५ सालमा स्थापना भएको सहकारीले विभिन्न आरोह अवरोह पार गदै जनतालाइ सेवा दिदै २३ वर्ष पार गरेको हो । हाल ९ हजार ५ सय ६५ शियर सदस्य ३ सय ५० लघुवित्त केन्द्र रहेको संस्थाले उत्क्रृष्ठ सहकारी पुरस्कार समेत प्राप्त गरेको हो । संस्थाले जनतालाइ सेवा प्रदान गर्न सहज होस भनि अहिले ६ वटा विभिन्न सेवाकेन्द्र मार्फत सेवा दिदै आएको लघुवित्त संयोजक लक्ष्मी ढकालले बताउनु भएको छ । संस्थाले महिला दिदिबैनिहरुलाइ पनि लघुवित्त कार्यक्रमबाट सबैलाइ उद्यमी व्यवसायी बनाएर आथिक स्तर उकास्ने काममा महत्वपुर्ण भुुमिका अन्धकार मुक्ति बचत तथा ऋण सहकारीले गदै आएको छ । संस्थाले जनतालाइ सर्वसुलभ सेवा दिने उदेश्यले ३ सय ६५ दिननै दिदै आएको सेवा केहि समय रोकिए पनि अव छिट्टै पुन सेवा संचालन गर्ने संस्थाका व्यवस्थापक दिपेन्द्र प्रसाद पौड्यालले बताउनु भएको छ ।
संस्थाले हाल ताहुँ सेवा केन्द्र,जब्गादि सेवाकेन्द्र,ढुगानाबेसि सेवाकेन्द्र ,सहयोगि सेवा केन्द्र र रामपुर सेवा केन्द्र गरी ६ वटा केन्द्र बाट सेवा प्रदान गर्दैै आएको छ । संस्थाले २३ वर्ष पुरा गदै गर्दा जेष्ठ नागरीक पेन्सन , युवा स्वरोजगार कार्यक्रम ,उक्रिष्ठ विद्याथी सम्मान ,उक्रिष्ठ बचत कर्ता अनुसासित ऋणदाता,उद्यमी उत्क्रिष्ठ लघुवित्त केन्द्र जस्ता थुप्रै पुरस्कारहरु प्रदान गरेको छ । यसै गरी संस्थाले रेडियो मार्फत विभिन्न चेतना मुलक सुचना जिङल र कार्यक्रमहरुपनि प्रसारण गदै आएको छ । आज संस्थाले विभिन्न सेवा केन्द्रहरुमा साधारण सभा सम्पन्न गरेको छ । कार्यक्रममा संस्थाका सदस्य सरस्वती डोटेलको स्वागत बाट शुरु भएको कार्यक्रममा कानुनी परामर्श उपसमिति संयोजक हरेराम भण्डारी ,शियर सदस्य मोहन भण्डारी,विष्णु प्रसाद अधिकारी,कमलराज ओस्ती ज्ञान प्रसाद भण्डारी केन्द्र प्रमुख दामकला न्यौपाने लगायतले सहकारीले गाउँ गाउँमा सचेतना फैलाउनुका साथै फजुल खर्च घटाएर बचत गर्ने बानिको विकास तथा समयको महत्वलाइ चिनाएको बताउनु भयो । सहकारीका माध्यमबाट विभिन्न व्यवसाय संचालन तथा उद्यमी बनेर कतिपय आत्म निर्भर बन्न सक्ने बनाएको बताउदै सहकारीको साधारण सभा सफलताको शुभकामना दिनुभएको हो । कार्यक्रममा सहभागिलाइ धन्यबाद समतिका सदस्य रमेश पोखरेलले दिनुभएको कार्यक्रमको स्रचालन रामटार सेवा केन्द्र का प्रमुख चोरेश्वर चापागाइले गर्नु भएको हो ।
यसै गरी ताहुँ सेवा केन्द्रमा संस्थाका सह सचिव यम प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका मुख्य पाहुना रम्भा गाउपालिका वडा नम्व र५ का वडा अध्यक्ष खुम प्रसाद बस्यालले बोल्दै समाज मा परिवर्तन ल्याउने एउटा माध्यम सहकारी हो भन्दै समयको महत्व बुझेर अघि बढ्ने हो भनि गन्तव्य सम्म पुगिन्छ भन्नु भएको छ । कार्यक्रममा वहाले गाउँ गाउँमा आएर दिएको सेवाले जनतालाइ सहज समयको बचत भएको बताउनु भएको हो । संस्थाको सदस्य लक्ष्मी ढकालको स्वागतबाट शुर भएको कार्यक्रममा रम्भा गाउ पालिका वडा नम्वर ५ का वडासदस्य इश्वरी श्रेष्ठ हरिषचन्द्र ज्ञवाली ,जगत गन्दर्भ ,यमकला खनाल गंगीसरा सिंजाली लगायतले साधारण सभा सफलताको शुभकामना दिनु भएको हो । कार्यक्रममा ७ जना जेष्ठ नागरीक हरुलाइ सम्मान गरेको       कार्यक्रमको जानकारी प्रसान्त श्रेठदिनु भएको छ । कार्यक्रमको संचालनलेखा सहायक हुमनाथ बगालेले  गर्नु भएको हो ।


प्रकाशित : २०७८ मंसिर १५ गते २१:०५

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology