अन्धकारमुक्ति बचत तथा ऋण सहकारीले सेवा केन्द्र स्तरीय साधारण सभा सम्पन्न ।।

रमा भण्डारी
प्रकाशित : २०७८ मंसिर १७ गते ७:५२

मंसिर  १७/ रामपुर, पाल्पा

अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाको सेवा केन्द्र स्तरिय साधारण सभा सम्पन्न भएको छ । २३ औं वार्षिक साधारण सभा अन्तर्गत विहिबार केन्द्रिय कार्यालय र सहयोगी सेवा केन्द्रको सम्पन्न गरे संगै सेवा केन्द्र स्तरिय साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाको उट्घाटन गर्दै रामपुर नगरपालिका ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले सहकारीले अनुशासन र संस्कार सिकाएको सहकारीले दिएको ज्ञानले यस क्षेत्रको आर्थिक रुपान्तरणमा महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो ।
९ हजार ५ सय ६५ भन्दा बढी सेयर सदस्य आवद्ध जिल्ला कै ठूलो सहकारीले कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै सेवा केन्द्र स्तरिय साधारण सभा मार्फत प्रतिनिधि चयन गरेको छ । बुधबार रामटार, ढुङ्गानाबेसी, जब्गादी, ताहुँ सेवा केन्द्रको साधारण सभा भएकोमा विहिबार रामपुर क्षेत्रका शेयरधनीहरुको सहभागीता रहने गरी दरैठाँटी माध्यमिक विद्यालयको सभाहल विजयपुर साधारण सभा गरेको हो ।
संस्थाका सल्लाहाकार तथा रामपुर नगरपालिका ७ का वडा अध्यक्ष तिर्थ प्रसाद पंगेनी, सहकारीका संस्थापक अध्यक्ष मोहन भट्टराई सल्लाहकार सदस्य सुकदेव पोखरेल सल्लाहाकार दयाराम भट्टराई सल्लाहाकार कमलराज भट्टराईले समय सापेक्ष नीति तथा कार्यक्रम परिमार्जन गरि कार्यान्वयनमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । जिल्ला सहकारी संघ पाल्पाका सदस्य कृष्ण कुमार अर्यालले सरकारले सहकारी मर्जरको नीति ल्याए पनि सामाजिक र व्यवहारिक रुपमा अझै अघि बढ्न नसकेको बताउनुभयो ।
समाजसेवी विष्णु प्रसाद रेग्मी सहकारीका लेखा समिति सदस्य रामप्रसाद ढकाल, शेयर सदस्य बन्दना पोखरेल, देविलाल अधिकारी, सुनिता राना र मित्रा ढकालले सहकारीले विना धितो ऋण दिएर साना व्यवसायीहरुलाई ठूलो राहत प्रदान गरेको बताउनुभयो ।
संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले साधारण सभाको अवसरमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले पाल्पाको ४ वटा पालिका भित्र सेवा प्रदान गर्दै आएकोमा सेवा क्षेत्र विस्तार गरी पाल्पा भरी नै सेवा पुर्याउन लागि परेको बताउनुभयो ।
संस्थाका उपाध्यक्ष खगेन्द्र न्यौपानेको स्वागत संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम, सचिव ओम प्रकाश बस्यालको सञ्चालनमा भएको हो । सहकारीले यस वर्ष ३ करोड ८६ लाख खुद नाफा गर्न सफल भएको छ । सेवा केन्द्र स्तरिय वार्षिक साधारण सभा बाट छनौट भएका प्रतिनिधिहरुको सहभागितामा संस्थाले २३ औं वार्षिक साधारण सभा शनिबार नमस्ते होटेल को सभाहलमा गर्नै संस्थाका व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो ।


प्रकाशित : २०७८ मंसिर १७ गते ७:५२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology