ग्लोबल अाईएमई बैंक सराई वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी तालीम सम्पन्न ।

मायाँ बस्याल
प्रकाशित : २०७८ मंसिर १७ गते १७:४२

माया बस्याल , मंसिर १७

ग्लोबल अाईएमई बैंक सराई शाखा माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनीले वित्तीय साक्षरता डिजिटल बैकिङ्ग सम्बन्धि अन्तक्रिर्या कार्यक्रम गरेको छ ।
बैंकको जानकारी गराउदै केन्द्रीय कार्यलयका प्रमुख सागर बहादुर सिंले नेपालकै वित्तीय बैंक हरुमा सबैभन्दा ठूलो रहेको र नेपाल सरकार बाट ‘क’ वर्गकाे कर्मसियल बैंक र नेपालका ७६ जिल्लामा सेवा प्रवाह गरेको साथै २८७ वटा शाखा २५२ वटा एटीएम शाखामा सञ्चालन साथै बिदेशका ३ वटा देशबाट समेत सेवा लिनदिन सकिने जानकारी गराउनु भएको थियो ।

साथै डिजिटल बैंकिङ्क र कार्डकाे प्रयोग प्रभावकारीता जनतामा पुगेको सुविधाको बारेमा अपरेसन म्यानेजर रुपेश शर्माले जानकारी गराउनु भएको थियो साथै बैंक धाउनुपर्ने समस्या बाट छुटकारा लिएर सबै काम माेबाइलबाटै गर्न सकिने र दैनिक २ लाखकाे काराेबार समेत माेबाइलबाटै गर्न सकिने समेत जानकारी गराउनु भएको थियो ।

प्रदेश शाखाका सागर बास्तोलाले बैंकले गरेको कार्यकाे बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा सहभागी साथै ग्राहकहरुका तर्फबाट राजन प्रसाद अधिकारी र गाेविन्द भण्डारीले बैंकिङ सुविधा प्रयोग गर्दा अाउने समस्याको बारेमा जानकारी लिनका लागि विविध प्रश्नहरु राख्नु भएको थियो । साथै सबै ग्राहकको माग अनुरुप सेवा प्रवाह गरेकोमा सबैले बैंकलाई धन्यवाद समेत दिएका थिए ।

कार्यक्रमकै अवसमा बैंकले दिएको सेवा प्रवाहकाे समिक्षात्मक टिपाेट समेत उठाईएकाे थियो ।

त्यसैगरी सराई शाखाका शाखा प्रबन्धक तेजनारायण न्याैपानेले सराइमा बसेर अाफ्नाे टिमबाट गरिएका सेवा प्रवाह साथै सुरुवात त्रीवेणी बैंक विस्तार जनता बैंक र सेवाकाे पाटाेलाई अझै फराकिलो बनाउन ग्लोबल अाईएई बैंक बाट प्रख्यात रहेर सेवा दिदै अाएकाे साथै अागामी दिनमा पनि शाखाले पूर्ण रुपमा सेवाप्रवाह गर्ने साथै छिटोभन्दा छिटो एटीएम समेत सञ्चालन गर्ने जानकारी र प्रतिबद्धता समेत जनाउनु भएको छ ।


प्रकाशित : २०७८ मंसिर १७ गते १७:४२

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology