३० औं अपाङ्ग दिवसको अबसरमा रामपुरमा विविध कार्यक्रम गरेर सम्पन्न

रमा भण्डारी
प्रकाशित : २०७८ मंसिर १७ गते १८:२३

मङ्सिर १७ / रामपुर पाल्पा ३०आाै अन्तराष्टिय अपाङ्गता दिवसकाे अबश्वरमा विभिन्न कार्यक्रम गरेर सम्पन्न भएकाे छ ।हाम्राे प्राथमिकताकाे आधार,अपाङ्गता भएका व्यक्तिकाे अाधार भन्ने नाराकाे साथ कार्ययाेजना तर्जुमा तथा अन्तरक्रिया कार्यक्म भएकाे हाे । रामपुर नगरपालिका उपप्रमुख विष्णुदेवि घिमिरे अाचार्यकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नगरभित्रका १ नम्बर वडा देखि १० नम्बर वडा सम्मका अपाङ्गता भएका नागरिक हरुकाे सहभागिता भएकाे हाे । कार्यक्रममा महिलाविकास साहायक निरिक्षक सृजना रेग्मिले कार्यकमकाे उदेश्य बारे प्रष्ट पार्दै लैगिक हिसा विरुद्वकाे १६ दिने अभियानमम कार्यक्रम भएकाले सेताे रिवनकाे बारेमा जानकारी दिनु भएकाे थियाे । कार्यक्रममा निमित्त प्रमुख प्रसासकिय अधिकृत रामहरि पाण्डे ले रामपुर नगरपालिका भित्र अहिले सम्म भएकम कामकाे बारेमा जानकारी गराउदै सम्विधानमा भएका कुरा शिक्षाकाे हक,समानताकाे हक, सामानिक न्यायकाे हक,,साजिक सुरक्षाकाे हक,लगायतका विषयमा छलफल तथा जानकारी गराउनु भयाे ।वहाले अपाङ्गताकाे वर्गिकरणका बारेमा राताेकार्ड, निलाेकमर्ड ,पहेलाे कार्ड र सेताे कार्डका बारेमा जानकारी गराउनु भएकाे छ । कार्यक्रममा अपाङ्गता भएका नागरीक वडा अध्यक्ष ,कार्यपालिका सदस्य तथा पत्रकार लगायतकाे सहभागिता रहेकाे कार्यक्रम का सन्चालन रामपुर नगरपालिकम महिला विकास शाखा प्रमुख पुजा परियारले गर्नु भएकाे हाे ।


प्रकाशित : २०७८ मंसिर १७ गते १८:२३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology