अन्धकारमुक्ति बचत तथा ऋण सहकारीको २३ औँ बार्षिक साधारण सभा सम्पन्न ।।

रमा भण्डारी
प्रकाशित : २०७८ मंसिर १९ गते १४:४८

अन्धकारमुक्ति बचत तथा ऋण सहकारीको २३ औँ बार्षिक साधारण सभा सम्पन्न ।।
मंसिर १९ रमा भण्डारी रामपुर पाल्पा
अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको २३ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले गत मंसिर १५ गते देखि सेवाकेन्द्र स्तरिय साधारण सभा गरि शनिबार निर्णय प्रमाणित सहितको २३ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
कर्यक्रमका प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका अध्यक्ष परितोष पौड्यालले सहकारी संस्था शेयर सदस्यको सेवा संग समर्पित हुने वित्तिय संस्था भएको भन्दै समुदाय र जनताको आर्थिक समृद्धिको हितमा काम गर्ने संस्था भएको बताउनुभयो ।वहाले ५वटा आधारभुत विषयलाइ ध्यानमा राखेर शिक्षा,स्वास्थ्य ,संस्कृति,खाद्ययसुरक्षा लाइ महत्व दिएर कार्य अघि वढेमा संस्था सफल हुने बताउनु भएको छ शियर सदस्यहरुलाइ पनि आफुले कमाएको १० प्रतिशत बचत गर्नै बानि गर्नु पर्छ भन्नु भयो । अन्य बैंकले आर्थिक कारोबार लगानी गरेर सेवाग्राहीलाई दोहन गर्ने गरेको आरोप लगाउनु भयो ।
अध्यक्ष पौडेलले रामपुर क्षेत्रमा रहेका सहकारीहरु एकिकरण गरि शेयर सदस्य सन्तुष्ट हुने काम गर्न आग्रह गर्नुभयो ।नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका उपाध्यक्ष शान्ति अधिकारीले पछिल्लो केही बर्ष यता सहकारी संस्था धान्नै नसक्ने गरी स्थापना भएको भन्दै सहकारीको एकिकरण गरि एक व्यक्ति एक सहकारी निति कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो ।”अहिले सहकारी धेरै तर सदस्य संख्या थोरै रहेको भन्दै उहाँले सहकारीहरु मर्ज भई शेयर सदस्यको हितमा परिणाममुखि काम गर्न आवश्यक रहेको बतउनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका निमित्त कार्यालय प्रमुख रामहरि पाण्डेले नगरपालिकाले सहकारी संग सहकार्य गर्दै कृषि क्षेत्रमा विभिन्न काम गर्दै आएको बताउनु भएको छ । कार्यक्रममा अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष तिर्थ प्रसाद पंगेनी , रामपुर नगरपालिकाका वडा अध्यक्षहरुको तर्फबाट वडा नं। ५ का वडा अध्यक्ष हिमाल मल्ल , सल्लहाकारहरुको तर्फबाट मोहन भट्टराई , रामपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठ , जिल्ला सहकारी संघ पाल्पाका प्रतिनिधि कृष्ण कुमार अर्याल , शेयर सदस्यहरुको तर्फबाट रेनुका ठाडा र कृष्ण प्रसाद पौडेलले साधारण सभा सफलताको शुभकामना दिनु भएको छ ।
कार्यक्रममा अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाका अध्यक्ष सागर प्रसाद देवकोटाले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई अझ मजबुत र सेवा प्रभावकारी बनाउन सवैको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो । सहकारीले ७० बर्ष उमेर पुगेका आफ्ना शेयर सदस्यहरुलाई मासिक ५ सय रुपैयाँका दुरले भत्ता दिदै आएको छ । कार्यक्रममा सहकारी संस्थाका निवर्तमान कार्य समितिका पदाधिकारीहरुलाई सम्मान समेत गरेको थियो ।
अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा भएको हो । उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेको स्वगतबाट शुरु भएको कार्यक्रमको संचालन सचिव ओम प्रकाश बस्यालले गर्नु भएको थियो । संस्थामा अहिले ९ हजार ५ सय ६५ जना शेयर सदस्य रहेको र संस्थाले एक अर्व २८ करोडको कारोबार गरेको छ ।कार्यक्रम नमस्ते होटलको सभाहलमा भएको थियो ।


प्रकाशित : २०७८ मंसिर १९ गते १४:४८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology