नौलो बिहानी कपको उपाधि निस्दीको बाङ्लाङ्गलाई

होम राई मगर
प्रकाशित : २०७८ मंसिर २० गते १३:१४

निस्दी,पाल्पा । १८ मंसिर                                     नौलो बिहानी कप-२०७८ को उपाधि निस्दी गाउँपालिका वडा नम्बर-५,बाङलाङ्गले हात पारेको छ ।

नौलो बिहानी युवा क्लब निस्दी-६,अर्चले,सात्दोबाटको आयोजनामा सम्पन्न भएको कपको उपाधी बाङ्लाङ्गले हात परेको हो । जम्मा १७ समूहको सहभागिता रहेको खेलमा आयोजक टीमले उपबिजेतामा चित्त बुझाएको हो । बिजेता बाङलाङ्गले आयोजक टीमलाई ३२-३०,१६-२५,२५-१७ र २५-२२ को अन्तरमा पाखा लगाएको हो । त्यसैगरी पूर्वखोला-१,सानो गल्धाले तृतीय र नारीभन्ज्याङ्गले सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए । प्रथम,द्वितीय,तृतीय र सान्त्वना हुने समूहले क्रमशः नगद २० हजार,१५ हजार,१० हजार र ५ हजार सहित ट्रफी,मेडल,प्रमाणपत्र वितरण गरिएको थियो ।
क्लबका अध्यक्ष होम राई मगरको अध्यक्षतामा चलेको पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष मेख बहादुर सुनारी रहनुभएको हो । कार्यक्रममा पुरस्कार सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान समेत गरिएको थियो ।


प्रकाशित : २०७८ मंसिर २० गते १३:१४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology