पहिरो रोक्न माग गर्दै बुटवल बन्दको आव्हान

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ मंसिर २१ गते १९:१२

बुटवल मंसिर २१ । बुटवलको चुरे तिनाउ संरक्षण समितीले चुरेको पहिरो नियन्त्रण गर्न बुटवल बन्दको आव्हान गरेको छ।

समितीले आयोजना गरेको पत्रकार सम्मेलनमा समितीका संयोजक तथा एमाले नेता कमल गौतमले चुरेको पहिरो रोक्न र अलपत्र बुटवलको सडक निर्माणका लागि यथासक्य छिटो कदम नचाले पुष २६ गते बुटवल बन्द गर्ने चेतावनी दिए।

हामीले बिरोधका बिभिन्न चरणका कार्यक्रम गर्ने निर्णय गरेका छौं एक महिनाको अल्टिमेटम दिएर गरिएको कार्यक्रममा सूनुवाई नभए पुष २६ गते बुटवल बन्द गर्ने छौ. गौतमले भने।

चुरे तिनाउ संरक्षणकै अभियान अन्तरगत समितीले मंसिर २१ मा सरोकारवालाहरु संग छलफल गरेको थियो भने मंसिर २२ गते मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय र बुटवल उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाउने, पुष ३ गते राजनितिक दलहरुलाई ज्ञापन पत्र दिने पुष ४ गते सडक बिभाग र ५ गते खानेपानि संस्थानमा धर्ना दिने पुष ८ गते बन मन्त्रालयमा धर्ना दिने लगायतका कार्यक्रम छन्।

त्यसैगरी आन्दोलनकै कार्यक्रम अन्तरगत समितीले पुष ११ गते शहरी बिकास तथा खानेपानी मन्त्रालय, १५ गते बुटवल उपमहानगरपालिकामा धर्ना, पुष १८ गते मुख्यमन्त्री कार्यालयमा धर्ना २३ गते दिउसो १ घण्टा चक्काजाम जस्ता कार्यक्रम तय गरेको छ।


प्रकाशित : २०७८ मंसिर २१ गते १९:१२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology