निस्दी ५ पाल्पाले लैगिक हिसा विरुद्धको अभियान मनायो

रमा भण्डारी
प्रकाशित : २०७८ मंसिर २२ गते ७:४५

मंसिर २१/ पाल्पा , निस्दी

लैगिक हिंसा वि?द्धको १६ दिने अभियान अन्तर्गत निस्दी गाउँपालिका वडा नम्वर ५ ले मंगलबार एक कार्यक्रम गरी अभियान सम्पन्न गरेको छ । निस्दी गाउँपालिका वडा नम्वर ५ पाल्पाले लैगिक हिंसा केहो ,किन मनाउन थालियो ,सेतो रिवनको महत्व ,बाल अधिकार ,बाल विवाह न्युनिकरणका उपाए र कानुनी उपचारका विषयमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम भएको थियो । कार्यक्रममा प्रशिक्षक पत्रकार रमा भण्डारीले वडाले तोकेका विभिन्न विषयमा ज्ञान सिप सिकाउनु भएको थियो । कार्यक्रममा महिला विकास साखा निस्दीका प्रमुख सुजता थापाले कानुनी उपचारका विषयमा जानकारी गराउनु भएको हो । कार्यक्रमका मुख्य पाहुना गाउँपालिकाका उपाध्यक्ष रिता कुमारी अर्यालले बालविवाहले पारेको असर उजुरी कहा गर्ने,हिंसा सहन हुदैन हिसा गर्ने लाइ संविधानले व्यवस्था गरे अनुसार कारबाहि हुन्छ भन्दै बालविबाहलाई गर्दा जोखिम तथा कानुनले दण्ड सजायको व्यावस्था गरेको कुरा प्रष्ट पार्दे अव आफ्नो गाउँ टोल छिमेकले पनि यस्ताकुराको निगरानी गरी समाज सुन्दर बनाउन लाग्नु पर्छ भन्नु भएको छ ।
कार्यकममा वहाले बालविबाहकाकुरा गदै परिवार देखि विवाह गराउने र विबाहमा जाने समेतलाइ कारबाहि हुने बताउनु भएको छ । अव कहि कतै हिसा भएको छ भनी पनि चुप लागेर बस्ने होइन सबै ले त्यसको समाधान गर्नु पर्नै दायित्वहो भन्दै अव यस्तो अवस्था आउन नदिन हामी सबै लाग्नु पर्नै बताउनु भएको छ ।
निस्दी गाउपालिका वडा नम्वर ५ का वडा अध्यक्ष भिम बहादुर बयाम्बुले बोल्दै हाम्रो गल्धा जनजातिको बाहुल्यता भएको वडा भएकाले वडा मा अझै सचेतनाका कार्यक्रमह? गर्दै सबै लाइ सुसुचित गर्ने खालका कार्यक्रमह? गदै आएको बताउनु भएको छ । मुख्य गरी निस्दीको वडा नम्व्र ५ मा बालल्कव गठन गर्ने अनि कार्यक्रमह? गर्दे जादा उमेर नपुगि विवाह हुने गरेको मा दुख व्यक्त गदै अव यस्ता कार्य हुन नदिनु तपाइ हामं्रै कतव्य हो सबैले गाउँ सुन्दर बनाउन लाग्नु पर्छ भन्नु भयो । वडा सदस्य दुर्गा बहादुर सौमैको स्वागत बाट शु? भएको कार्यक्रमको अध्यक्ष तिरण कुमारी श्रेष्ठको अध्यक्षता र वडा सचिव एकराज अर्यालको संचालनमा वडा कार्यलय कठैडाँडामा कार्यक्रम संचालन भएको हो ।


प्रकाशित : २०७८ मंसिर २२ गते ७:४५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology