अपाङ्गता परिचय पत्र तथा व्यवसाय नविकरण सम्मबन्धी १ दिने घुम्ती शिविर जल्पामा सम्पन्न

मायाँ राना
प्रकाशित : २०७८ मंसिर २२ गते ८:४७

पूर्वखोला गाउँपालिका २ जल्पामा अपाङ्गता परिचयपत्र वितरण र व्यवसाय दर्ता तथा नवीकरण सम्बन्धी १ दिने शिविर सम्पन्न भएको छ। शिविरमा अपाङ्गता को अवस्था अनुसार, १ जनाले रातो,५ जनाले नीलो र ३ जनाले पहेंलो रङको गरी ९ जनाले अपाङग परिचय कार्ड पाएका छन् । रम्भा गाउँपालिका हुगिका स्वस्थ चौकी प्रमुख डा. पूजन श्रेष्ठ को प्राविधिक सहयोगमा स्वस्थ्य परीक्षण गरिएको थियो। त्यस्तै गरी यस वडा भित्र संचालित १८ वटा व्यवसायहरू नवीकरण गरिएको छ भने,खाद्य किरानपसल, होटल रेस्टुरेन्ट, फेन्सी पसल कस्मेटि्स गरी १७ वटा नयाँ दर्ता गरिएको छ। शिविरमा गाउँपालिका उपाध्यक्ष भागीरथी भट्टराई सहित, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरु, स्वास्थ्य शाखा प्रमुख मोहन ढकाल , प्रसाशन शाखा प्रमुख हरी महिला तथा टन्डन , बालबालिका शाखा कान्ति चुद्दली, राजस्व विभागका शर्मिला चौधरी लगएतको उपस्थितमा सेवा ग्राही हरुले स्थानिय वडा बाटै सेवा लिन पाउँदा खुसी रहेको बताउनु भयो । यस्ता कार्यक्रम बेलाबेलामा संचालन गर्नु पर्ने समेत बताउनु भयो ।


प्रकाशित : २०७८ मंसिर २२ गते ८:४७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology