सस्कृति संरक्षणको लागी रामपुरमा जातिय पोसाक बितरण

रमा भण्डारी
प्रकाशित : २०७८ मंसिर २४ गते ९:२९

 

मंसिर २४ / रामपुर पाल्पा
आदिवासी जनजाती मौलिक भेषभुषा र सस्कृति संरक्षणको लागी जातिय पोसाक बितरण कार्यक्रम भएको छ । रामपुर नगरपालिका वडा न५ को आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
आदिवासी जनजाती समन्वय समितिका सह सचिब शोभा आलेको स्वागत बाट सुरु भएको कार्यक्रममा वडा न ५ का वडा अध्यक्ष हिमाल मल्ल प्रमुख अथिति रहनु भएको हो।प्रमुख अतिथि मल्लले बोल्दै आफ्नो पहिचानका लागी जगेर्ना गर्न सस्कार सस्कृति जोगाउन आबश्यक रहेको जानकारी गराउनु भएको छ ।
त्यस्तै गरि कार्यक्रममा कार्यपालिका सदस्य साबित्रा गौतम , सन्चारकर्मि बन्दना पोखरेलले शुभकामना व्यक्त गर्नु भएको थियो
आदिवासी जनजाती समन्वय समितिका अध्यक्ष भोज बहादुर राना को अध्यक्षतामा भएको कार्यक्रममा दराइ कुमाल मगर र नेवार जातिका लागी ७ थानका दरले २८ थान बितरण गरिएको छ । आर्थिक बर्ष २०७८र०७९ को बजेट बाट एक लाख रकम छुट्टाइएको थियो । कार्यक्रमको सन्चालन सचिब बिन्दु श्रेष्ठले गर्नु भएको हो ।

कर्यक्रममा जातिय पोशाक सहित उपस्थित गराई समुदायका व्यक्तिहरुलाई आफ्नो मौलिक भेष तर्फ आकर्षित गर्ने ध्येयका साथ पोशाक वितरण गरेको हो । जस अनुसार मगर समुदायका ८ जना महिलालाई लुङ्गी, घलेक, ब्लाउज, सल र पटुकी, नेवार समुदायका ७ जनालाई साडी, चोलो र पछ्यौरा, दरैं समुदायको ७ जनाको लागि लुङ्गी, घलेक, ब्लाउज र सल र दरैं समुदायको ७ जनाको लागि लुङ्गी, घलेक, ब्लाउज र सल प्रदान गरेको हो ।


प्रकाशित : २०७८ मंसिर २४ गते ९:२९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology